एमपोस मार्फत मोबाइल रिचार्ज गर्दा नेपाल टेलिकममा विशेष बोनस

एमपोस मार्फत मोबाइल रिचार्ज गर्दा नेपाल टेलिकममा विशेष बोनस : Icon Khabar

काठमाडौं, मंसिर २१ । नेपाल टेलिकमले मोबाइल प्वाइन्ट अफ सेल (एमपोस) मार्फत गरिने रिचार्जमा विशेष बोनस योजना सार्वजनिक गरेको छ । मंगलबारदेखि १७ पुससम्म लागू हुने यस योजनाअन्तर्गत ग्राहकले रिचार्ज रकमअनुसार विभिन्न आकर्षक बोनस पाउने कम्पनीले जनाएको छ ।

रु. ५० देखि ९९ रुपैयाँसम्म रिचार्ज गर्दा तीन दिनसम्मको लागि २० मिनेट अन-नेट भ्वाइस बोनस पाइनेछ । त्यस्तै, रु. १०० देखि १९९ रुपैयाँसम्म रिचार्ज गर्दा तीन दिनसम्मको लागि ५० मिनेट अन-नेट भ्वाइस बोनस उपलब्ध हुनेछ ।

यस्तै, रु. २०० देखि ४९९ रुपैयाँसम्म रिचार्ज गर्ने ग्राहकरूले दुई दिनसम्म प्रतिदिन १ जीबीका दरले २ जीबी डाटा प्राप्त गर्नेछन् । रु. ५०० वा सोभन्दा बढी रिचार्ज गर्ने ग्राहकले चार दिनसम्म प्रतिदिन २ जीबीका दरले ८ जीबी डाटा बोनसका रूपमा पाउनेछन् ।

नेपाल टेलिकमले आफ्ना ग्राहकलाई डिजिटल माध्यमको प्रयोगमार्फत रिचार्ज गर्न प्रोत्साहन गर्ने उद्देश्यले यो योजना ल्याएको हो । स्टेसनरी पसल, किराना पसल, पत्रिका पसल लगायतबाट एमपोस सेवा लिन सकिन्छ ।

त्यसैगरी, ब्यालेन्स सकिएको अवस्थामा प्रिपेड मोबाइल प्रयोगकर्ताहरूका लागि ‘नमस्ते सापटी’ सुविधा पनि उपलब्ध छ । यसका लागि ग्राहकले Start टाइप गरी १४७७ मा सन्देश पठाउने वा *1477# डायल गरी १ छनोट गरेर सापटी लिन सक्छन् ।

Published Date: 06 December 2024


ताजा
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
विदेश अध्ययनका लागि विद्यार्थीको पहिलो रोजाइ बन्दै आर्गस एजुकेशन भक्तपुर