एमपोस मार्फत मोबाइल रिचार्ज गर्दा नेपाल टेलिकममा विशेष बोनस

एमपोस मार्फत मोबाइल रिचार्ज गर्दा नेपाल टेलिकममा विशेष बोनस : Icon Khabar

काठमाडौं, मंसिर २१ । नेपाल टेलिकमले मोबाइल प्वाइन्ट अफ सेल (एमपोस) मार्फत गरिने रिचार्जमा विशेष बोनस योजना सार्वजनिक गरेको छ । मंगलबारदेखि १७ पुससम्म लागू हुने यस योजनाअन्तर्गत ग्राहकले रिचार्ज रकमअनुसार विभिन्न आकर्षक बोनस पाउने कम्पनीले जनाएको छ ।

रु. ५० देखि ९९ रुपैयाँसम्म रिचार्ज गर्दा तीन दिनसम्मको लागि २० मिनेट अन-नेट भ्वाइस बोनस पाइनेछ । त्यस्तै, रु. १०० देखि १९९ रुपैयाँसम्म रिचार्ज गर्दा तीन दिनसम्मको लागि ५० मिनेट अन-नेट भ्वाइस बोनस उपलब्ध हुनेछ ।

यस्तै, रु. २०० देखि ४९९ रुपैयाँसम्म रिचार्ज गर्ने ग्राहकरूले दुई दिनसम्म प्रतिदिन १ जीबीका दरले २ जीबी डाटा प्राप्त गर्नेछन् । रु. ५०० वा सोभन्दा बढी रिचार्ज गर्ने ग्राहकले चार दिनसम्म प्रतिदिन २ जीबीका दरले ८ जीबी डाटा बोनसका रूपमा पाउनेछन् ।

नेपाल टेलिकमले आफ्ना ग्राहकलाई डिजिटल माध्यमको प्रयोगमार्फत रिचार्ज गर्न प्रोत्साहन गर्ने उद्देश्यले यो योजना ल्याएको हो । स्टेसनरी पसल, किराना पसल, पत्रिका पसल लगायतबाट एमपोस सेवा लिन सकिन्छ ।

त्यसैगरी, ब्यालेन्स सकिएको अवस्थामा प्रिपेड मोबाइल प्रयोगकर्ताहरूका लागि ‘नमस्ते सापटी’ सुविधा पनि उपलब्ध छ । यसका लागि ग्राहकले Start टाइप गरी १४७७ मा सन्देश पठाउने वा *1477# डायल गरी १ छनोट गरेर सापटी लिन सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 06 December 2024
Website | + posts






ताजा
सुनचाँदी व्यवसायीहरुद्वारा असार २७ गतेसम्मको संयुक्त विरोधको तालिका सार्वजनिक
आइतबार नेप्से परिसूचक ३.७५ अंकले बढ्यो
अण्डाको बाकस बालेर लामखुट्टे भगाउने प्रयास गर्नुहुन्छ ? सावधान
अमेरिकामा आएको बाढीका कारण मृत्यु हुनेको सङ्ख्या अहिलेसम्म ५० पुग्यो








ट्रेन्डिङ
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
सूर्यविनायक-अरनिको राजमार्गको हरविजोग, बाटो बनाउन अझै कति म्याद थप्नु पर्ने हो ?
सल्लाघारीको निकोल्सन कलेज/सेकेण्डरी स्कुलमा नयाँ शैक्षिक सत्रका लागि कक्षा ११ मा भर्ना खुला