भुटानका राजा जिग्मे काठमाडौँबाट स्वदेश फर्के

भुटानका राजा जिग्मे काठमाडौँबाट स्वदेश फर्के : Icon Khabar

काठमाडौँ, मंसिर २१ । भुटानका राजा जिग्मे खेसर नाम्गेल वाङचुक स्वदेश फर्किएका छन्। भारतको भ्रमण सकेर काठमाडौं आएका वाङचुक शुक्रबार केही घन्टा काठमाडौंमा रहे।

अनौपचारिक भ्रमणका क्रममा उनले स्वयम्भूनाथ र बौद्धनाथको दर्शनसहित पूजाआजा गरेका थिए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर परराष्ट्र मन्त्री आरजु राणा देउवाले राजा वाङचुकलाई स्वागत तथा बिदाइ गरेकी थिइन्।

भारतबाट स्वदेश फर्कने क्रममा वाङचुक काठमाडौं आएका थिए। राजा वाङचुक शुक्रबार अपराह्न स्वदेश फर्किएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

Published Date: 06 December 2024


ताजा
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास
अब सबै अनलाइन बिजनेस सरकारी निकायमा सूचीकरण हुनुपर्ने
भक्तपुरका संवेदनशील क्षेत्रमा जथाभावी ड्रोन उडान : अनुमति कसले दिन्छ, नियमन कहाँ छ?
शनिबार अरुण थापाको स्मृतिमा भक्तपुरमा सांगीतिक श्रद्धाञ्जली, सयौँको सहभागितामा भव्य रूपमा सम्पन्न


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली