नेपालमा टिकटकले पछिल्लो दुई महिनामा हटायो ६ हजार ७८ भिडिओ

नेपालमा टिकटकले पछिल्लो दुई महिनामा हटायो ६ हजार ७८ भिडिओ : Icon Khabar

काठमाडौं, मंसिर २० । टिकटकले पछिल्लो दुई महिनामा नेपालमा आफ्नो कम्युनिटी गाइडलाइन्स उल्लंघन गर्ने ६ हजार ७८ भिडिओ हटाएको छ । अप्रिल र जुन महिनामा पोस्ट गरिएका ती भिडियोमध्ये ९९.१ प्रतिशत भिडिओ तत्कालै हटाइएको र ९३.२ प्रतिशत २४ घण्टाभित्रै हटाइएको टिकटकका प्रतिनिधिले जानकारी दिएका छन् ।

मंगलबार काठमाडौंमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समन्वयमा टिकटकले आयोजना गरेको एक कार्यक्रममा यो तथ्याङ्क प्रस्तुत गरिएको हो । कार्यक्रममा टिकटककी प्रतिनिधि सिद्रा जलिलले कम्पनीले विकास गरेको नियामक निर्देशिकाबारे कार्यपत्र प्रस्तुत गरिन् ।

उनले टिकटकलाई मर्यादित र व्यवस्थित बनाउनका लागि उमेर समूहको वर्गीकरण गरिएको बताइन् । निर्देशन अनुसार टिकटकमा डाइरेक्ट मेसेज पठाउन प्रयोगकर्ताको उमेर कम्तीमा १६ वर्ष र लाइभ स्ट्रिमिङका लागि १८ वर्ष हुन आवश्यक छ ।

जलिलले सामाजिक सञ्जालको सही प्रयोगबारे सचेतना कमी भएकाले निर्देशिका पूरा रूपमा पालना नगरिएको धारणा राखिन् ।

कार्यक्रममा टिकटकका साउथ एसिया पब्लिक पोलिसी तथा गभर्नमेन्ट रिलेसन प्रमुख फोर्डस मोटाकिनले नेपाल सरकारसँग सहकार्य गरी डिजिटल सचेतना र अनलाइन सुरक्षालाई प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले विशेषगरी बालबालिका र युवा प्रयोगकर्ताको सुरक्षाका लागि निर्देशिका तयार पारिएको र सुरक्षित अनलाइन वातावरण निर्माणका लागि केही सावधानी अपनाइए पनि अझै काम गर्न बाँकी रहेको बताए ।

Published Date: 05 December 2024


ताजा
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
विदेश अध्ययनका लागि विद्यार्थीको पहिलो रोजाइ बन्दै आर्गस एजुकेशन भक्तपुर