नेपालमा टिकटकले पछिल्लो दुई महिनामा हटायो ६ हजार ७८ भिडिओ

नेपालमा टिकटकले पछिल्लो दुई महिनामा हटायो ६ हजार ७८ भिडिओ : Icon Khabar

काठमाडौं, मंसिर २० । टिकटकले पछिल्लो दुई महिनामा नेपालमा आफ्नो कम्युनिटी गाइडलाइन्स उल्लंघन गर्ने ६ हजार ७८ भिडिओ हटाएको छ । अप्रिल र जुन महिनामा पोस्ट गरिएका ती भिडियोमध्ये ९९.१ प्रतिशत भिडिओ तत्कालै हटाइएको र ९३.२ प्रतिशत २४ घण्टाभित्रै हटाइएको टिकटकका प्रतिनिधिले जानकारी दिएका छन् ।

मंगलबार काठमाडौंमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समन्वयमा टिकटकले आयोजना गरेको एक कार्यक्रममा यो तथ्याङ्क प्रस्तुत गरिएको हो । कार्यक्रममा टिकटककी प्रतिनिधि सिद्रा जलिलले कम्पनीले विकास गरेको नियामक निर्देशिकाबारे कार्यपत्र प्रस्तुत गरिन् ।

उनले टिकटकलाई मर्यादित र व्यवस्थित बनाउनका लागि उमेर समूहको वर्गीकरण गरिएको बताइन् । निर्देशन अनुसार टिकटकमा डाइरेक्ट मेसेज पठाउन प्रयोगकर्ताको उमेर कम्तीमा १६ वर्ष र लाइभ स्ट्रिमिङका लागि १८ वर्ष हुन आवश्यक छ ।

जलिलले सामाजिक सञ्जालको सही प्रयोगबारे सचेतना कमी भएकाले निर्देशिका पूरा रूपमा पालना नगरिएको धारणा राखिन् ।

कार्यक्रममा टिकटकका साउथ एसिया पब्लिक पोलिसी तथा गभर्नमेन्ट रिलेसन प्रमुख फोर्डस मोटाकिनले नेपाल सरकारसँग सहकार्य गरी डिजिटल सचेतना र अनलाइन सुरक्षालाई प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले विशेषगरी बालबालिका र युवा प्रयोगकर्ताको सुरक्षाका लागि निर्देशिका तयार पारिएको र सुरक्षित अनलाइन वातावरण निर्माणका लागि केही सावधानी अपनाइए पनि अझै काम गर्न बाँकी रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 05 December 2024
Website | + posts




ताजा
सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी
अबिरल वर्षाका कारण नेपालका मुख्य सडक र पुलमा मात्रै ७ अर्ब ९१ करोड रुपैयाँ बराबरको क्षति
बिहीबार नेप्से परिसूचक २२.५९ अंकले बढ्यो
माइतीघरमा प्रदर्शन गर्न खोजेको आरोपमा पक्राउ पर्नेको संख्या १४ पुग्यो


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?