राष्ट्र बैंकले ४ अर्ब ३७ करोड रुपैयाँ निक्षेपका रुपमा लगानी गर्ने

राष्ट्र बैंकले ४ अर्ब ३७ करोड रुपैयाँ निक्षेपका रुपमा लगानी गर्ने : Icon Khabar

काठमाडौं, मंसिर २० । नेपाल राष्ट्र बैंकले ४ अर्ब ३७ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेपका रुपमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकले उपदान तथा पेन्सन र कर्मचारी सुरक्षण कोषमा रहेकोे उक्त रकम मुद्दति निक्षेपमा राख्न लागि बैंकहरुसँग प्रस्ताव माग गरेको हो ।

राष्ट्र बैंकले वाणिज्य बैंकहरुमा ३ अर्ब ४९ करोड ६० लाख, राष्ट्रियस्तरका विकास बैंकहरुमा ६५ करोड ५५ लाख तथा राष्ट्रियस्तरका वित्तीय संस्थाहरुमा २१ करोड ८५ लाख रुपैयाँ निक्षेप जम्मा गर्ने जनाएको छ ।

राष्ट्र बैंकले आगामी पुस २ गते देखि लागू हुनेगरी २०८२ पुस २ गतेसम्म ३६६ दिनका लागि मुद्दति निक्षेपका रुपमा जम्मा गरिने राष्ट्र बैंकले जनाएको छ । निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले चाहेको रकम तथा ब्याजदरसहित मंसिर २३ गते राती १९ बजेभित्र प्रस्ताव पेश गर्न राष्ट्र बैंकले आह्वान गरेको छ ।

बैंक तथा वित्तीय संस्था संचालनमा आएको कम्तिमा २ वर्ष पूरा गरेको, न्युनतम पुँजी कोष कायम भएको, निष्कृय कर्जा कर्जा सापटीको ५ प्रतिशत भन्दा कम भएको, तरल सम्पति खुद निक्षेपमा कम्तिमा २० प्रतिशत वा सो भन्दा बढी भएको, रियल स्टेट कर्जा तोकिएको भन्दा कम नभएको, अघिल्लो आर्थिक वर्षको सञ्चालन मुनाफामा रहेको, सर्वसाधारणका लागि छुट्याइएको सेयर जारी भएको लगायतका शर्तहरु तोकिएको छ ।

Published Date: 05 December 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास