राष्ट्र बैंकले ४ अर्ब ३७ करोड रुपैयाँ निक्षेपका रुपमा लगानी गर्ने

राष्ट्र बैंकले ४ अर्ब ३७ करोड रुपैयाँ निक्षेपका रुपमा लगानी गर्ने : Icon Khabar

काठमाडौं, मंसिर २० । नेपाल राष्ट्र बैंकले ४ अर्ब ३७ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेपका रुपमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकले उपदान तथा पेन्सन र कर्मचारी सुरक्षण कोषमा रहेकोे उक्त रकम मुद्दति निक्षेपमा राख्न लागि बैंकहरुसँग प्रस्ताव माग गरेको हो ।

राष्ट्र बैंकले वाणिज्य बैंकहरुमा ३ अर्ब ४९ करोड ६० लाख, राष्ट्रियस्तरका विकास बैंकहरुमा ६५ करोड ५५ लाख तथा राष्ट्रियस्तरका वित्तीय संस्थाहरुमा २१ करोड ८५ लाख रुपैयाँ निक्षेप जम्मा गर्ने जनाएको छ ।

राष्ट्र बैंकले आगामी पुस २ गते देखि लागू हुनेगरी २०८२ पुस २ गतेसम्म ३६६ दिनका लागि मुद्दति निक्षेपका रुपमा जम्मा गरिने राष्ट्र बैंकले जनाएको छ । निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले चाहेको रकम तथा ब्याजदरसहित मंसिर २३ गते राती १९ बजेभित्र प्रस्ताव पेश गर्न राष्ट्र बैंकले आह्वान गरेको छ ।

बैंक तथा वित्तीय संस्था संचालनमा आएको कम्तिमा २ वर्ष पूरा गरेको, न्युनतम पुँजी कोष कायम भएको, निष्कृय कर्जा कर्जा सापटीको ५ प्रतिशत भन्दा कम भएको, तरल सम्पति खुद निक्षेपमा कम्तिमा २० प्रतिशत वा सो भन्दा बढी भएको, रियल स्टेट कर्जा तोकिएको भन्दा कम नभएको, अघिल्लो आर्थिक वर्षको सञ्चालन मुनाफामा रहेको, सर्वसाधारणका लागि छुट्याइएको सेयर जारी भएको लगायतका शर्तहरु तोकिएको छ ।

Published Date: 05 December 2024


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक