नेपालले बौद्धिक पलायनको गम्भीर समस्या भोगिरहेको छ: डा भट्टराई

नेपालले बौद्धिक पलायनको गम्भीर समस्या भोगिरहेको छ: डा भट्टराई : Icon Khabar

काठमाडौँ, मंसिर २० । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देशमा रहेका विषयविज्ञ र प्राविधिकहरुको सही सदुपयोग गर्न नसक्दा नेपालले बौद्धिक पलायनको गम्भीर समस्या भोगिरहेको बताएका छन् ।

बिहीबार काठमाडौँमा आयोजित ‘आर्कविल्ड एक्स्पो २०२४’को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

संयोजक भट्टराईले नेपाल जस्तो विकासशील र विकासोन्मुख देशमा विकास निर्माण सँगसँगै हुने पर्यावरणीय समस्याहरूको समाधान गर्न प्रविधि र विषय विज्ञहरूको अधिकतम प्रयोग गर्नुपर्ने बताए ।

उनले आर्किटेक्टले मानवजातीको विकास र भौतिक प्रगति मात्र नभई कला, संस्कृति र सम्पदाको समेत प्रतिनिधित्व गर्ने भएकाले यसलाई पेसाको रूपमा नभई अभियानको रूपमा अंगाल्नुपर्ने बताए ।

संयोजक भट्टराईले आर्किटेक्टलाई समयानुकूल सदुपयोग गरी आफ्नै देशमा जनशक्ति परिचालन गर्नुपर्ने बताए ।

Published Date: 05 December 2024


ताजा
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ सुरु, सयौं साइकलयात्रीको सहभागिता