तपाईले “आउ गाउ आउ नाचौं” गीतको सिर्जना कसरी गर्नुभयो ? (आइकन संवाद )

तपाईले “आउ गाउ आउ नाचौं” गीतको सिर्जना कसरी गर्नुभयो ? (आइकन संवाद ) : Icon Khabar

भक्तपुर, मंसिर १८ । केहि समय अघि भक्तपुर निवासी लक्ष्मी प्रसाद कासुला आफ्नो पेशागत जीवन बाहेक गीत, कविता रचना गर्नमा ब्यस्त हुनुहुन्छ। केहि हप्ता अघि मात्रै कासुलाले नै लेखेका गीत “आउ गाउ आउ नाचौ” ले चर्चा पाइरहेको छ । उहाँले लेखेको यो गीतमा आवाज र संगीत गायक प्रविन शाहीको रहेको छ।

सोहि रचनाकार लक्ष्मी प्रसाद कासुला संग आइकन खबरले गरेको आइकन संवाद यहाँ प्रस्तुत छ।

१. यहाँलाई आइकन खबरको आइकन संवादमा हार्दिक स्वागत छ।
– सर्वप्रथम मैले रचना गरको “आउ गाउ आउ नाचौ सबै जना झुमेर” गीतको वारे केहि शब्दहरु भन्ने बोल्ने सुनाउने मौका दिनु भएकोमा आइकन खबरका स–परिवारलाई धेरै धेरै धन्यवाद ।

२. तपाईको दिन चर्या कसरी बितिरहेको छ ?
– म सरकारी जागीर खाने राष्ट्र सेवक कर्मचारी भएकोले सर्वप्रथम आफ्नो अफिसको कार्य कक्षमा बसेर फुल टाईम जनतालाई सेवा दिन्छु । त्यस पछि आफ्नो व्यक्तिगत कार्य गर्नेगर्छु । आज भोलि आफ्नो पेशा बाहेक घर खेतको कार्य बाहेक फुर्सदमा कहिले काही साहित्यिक, साँगितिक कार्यक्रममा भाग लिन जान्छु । यस्तै यस्तै गरि दिनहरु बितिरहेका छन्।

३. गीत, कविता लेख, रचना, गर्न कसरि समय मिलाउनुहुन्छ ?
– म आफ्नो कार्यालयको सेवा घरको दैनिक कार्य बाहेक साँझपख राती गीत लेख्न रुचाउँछु । कुनै बेला म राती उठेरै पनि लेखेको छु । कहिले काँहि त यस्तो बेलामा शब्दहरु फुर्छ कि बाटोमा जाँदा जाँदै पनि मैले केहि गीत साहित्य सिर्जना गरेको छु ।

म अझै साहित्य लेखनमा पुर्ण छुइन म सिक्ने क्रममा नै छु । यो साहित्य, गीत, कविता लेख्ने भनेको पुर्णता कहिल्यै हुदैन रहेछ ।

४. कस्ता भावना भएका साहित्यहरु रचना गर्न रुचाउनुहुन्छ ?
– मलाई साहित्य, गीतहरुमा माया प्रिति राष्ट्रिय भावनाका गीत लगायत समाजलाई सन्देश दिने खालको साहित्यहरु सिर्जना गर्न रुचाउछु । छोटोमा भन्नु पर्दा मैले लेखेको गीत, कविता, साहित्यले मानव जीवनलाई उर्जाशिल बनाउनुपर्छ हौसला दिई निराशालाई आशामा सोच परिवर्तत गर्ने र खुशीले बाँच्ने प्रेरणा साथै सकारात्मक सन्देश दिनु पर्छ ।

म प्रगतिशिल साहित्य सिर्जना गर्ने गर्छु । जुन साहित्य देश र जनताको पक्षमा परिवर्तनको दियो बलोस् ।

५. यहाँले नै लेख्नु भएको गीत “आउ गाउ आउ नाचौ सबै जना झुमेर” ले आज भोली चर्चा पाइरहेको छ । यो गीतको वारेमा जानकारी दिनुस न ।
– “आउ गाउ आउ नाचौ सबै जना झुमेर” यो गीतको बारे भन्नुु पर्दा दुई तीन वर्ष अगाडी एक जना साथीको आग्रहमा कोरेको थिएँ । जब अहिले यस गीतका गायक प्रबिण शाहिज्युले कम्पोज सिध्याउनु भयो । अनि उहाँ साथीलाई रियाज गरेर रेकर्डिङ्ग गर्न पर्यो भनेर आग्रह गर्दा गाउँछु भन्ने साथीले किन के कारणले रिजेक्ट गरि दिनुभयो ।

त्यस पछि त्यहि गीतलाई मर्न नदिन जिवन्त दिनलाई कम्पोजर आफैले नै गाउछु भन्नु भयो । झन्दै मर्न लागेको गीत हो । खास यो गीत नाच्न गाउने रमाईलोको लागि मात्र होइन । यो गीतले जिउनलाई उर्जाशिल बनाई निराशालाई आशामा परिवर्तन होस् भन्ने हेतुल पनि यो गीत सिर्जना भएको हो ।

६. आगामी दिनमा गीत संगीत र साहित्य क्षेत्रका लागि कसरी योगदान दिने सोचमा हुनुहुन्छ ?
– केहि शब्दमा भन्नु पर्दा मैले रचना गरेको गीत संगीत साहित्यले राष्ट्र र मानव जीवनको लागि सकारात्मक उर्जा मिलोस् देश परिवर्तन होस् मेरो साहित्यिक रचनाले समाज विकासमा योगदान पुुगोस् ।

७. अन्तमा हजुलाई यो गीतको बारे केही भन्नु छ ?
– अन्तमा मैले भन्नै पर्ने कुरा मैले रचना गरेको यो गीत गायक, संगीतकार प्रविण शाहीज्युले गीतका शब्दहरुको मर्म बुझेर संगीत स्वरवद्व गर्नु भयो । हाम्रो टिमको निकै मेहेनत पछि यो गीतको अहिलेलाई लिरिकल भिडियो युट्युवमा “फुलै फुलमात्र पनि होइन रहेछ” गीतका वरिष्ठ गायक संगीतकार मधु क्षेत्री ज्युको हातबाट उद्घाटन गरि सार्वजनिक गर्नु भयो ।

यो गीतमा प्रत्यक्ष अप्रत्यक्ष सहयोग पु¥याउने सबैलाई धन्यवाद दिन चाहन्छु । यो गीत रमाईलोको साथै मानिसहरुको जीवनमा उर्जाशिल बनाउछन् सकारात्मक सोच बनाउछन अनि दुःखलाई भुलेर सुखको अनुभुती गराउछन भन्ने सन्देश दिन खोजेको छ ।

मलाई लाग्छ गीत संगीतको क्षेत्रमा एउटा राम्रो सन्देश बोकेर गीत संगीत साहित्यमा एउटा ईटृा थपेको अनुभव गर्दै यो गीतलाई माया गर्ने सबै प्रती धन्यवाद र अझै माया गर्नुहुनेछ भन्ने आशा ब्यक्त गर्दछु ।

फेरी पनि भेट्ने मौका मिल्ने छ भन्दै आइकन खबरलाई धेरै धेरै धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
Published Date: 03 December 2024
Website | + posts