यु–१९ एसिया कप : रोमाञ्चक खेलमा अफगानिस्तानमाथि नेपालको शानदार जित

यु–१९ एसिया कप : रोमाञ्चक खेलमा अफगानिस्तानमाथि नेपालको शानदार जित : Icon Khabar

काठमाडौं, मंसिर १८ । यूएईमा जारी यु–१९ एसिया कप क्रिकेटमा नेपालले आफ्नो अन्तिम खेलमा अफगानिस्तानमाथि रोमाञ्चक एक विकेटको जित निकाल्दै सान्त्वना सफलता हात पारेको छ ।

आज (मंगलबार) को खेलमा अफगानिस्तानले टस जितेर ब्याटिङ रोजेपछि ३५.४ ओभरमै १२३ रनमा अलआउट भयो। जवाफमा नेपाली टोलीले ४१.३ ओभरमा ९ विकेटको क्षतिमा लक्ष्य पूरा गर्दै जीत दर्ता गर्‍यो । नेपाली टोलीका लागि नरेन साउदले २६ रनको महत्वपूर्ण योगदान दिए भने कप्तान हेमन्त धामीले अविजित रहँदै २२ रन बनाए। अर्जुन कुमालले २१ रन जोडे भने अविषेक तिवारीले १३ रन थपे ।

बलिङतर्फ नेपालका युनिस ठकुरी उत्कृष्ट रहे । उनले १० ओभरमा तीन मेडन राख्दै २४ रन खर्चेर तीन विकेट लिए । सन्तोष यादवले पनि तीन विकेट हात पारे भने हेमन्त धामी र अविषेक तिवारीले दुई–दुई विकेट लिए ।

अफगानिस्तानका लागि फैसल खानले ५२ रनको योगदान दिए पनि अन्य ब्याटरले उनलाई पर्याप्त साथ दिन सकेनन् । नेपालले प्रतियोगितामा यसअघि श्रीलंका र बंगलादेशसँग पराजित भई उपाधि होडबाट बाहिरिएको थियो । यो जितले भने नेपाली टोलीलाई सकारात्मक अन्त्य गर्न मद्दत पुर्‍याएको छ ।

Published Date: 03 December 2024


ताजा
मंगलबार नेप्से परिसूचक ५.३० अंकले घट्यो
देशभर मनसुन सक्रिय, विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना
मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर
आज मंगलबारको राशिफल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली