नेमकिपा अध्यक्ष बिजुक्छेँद्वारा निर्माणाधीन थन्थु दरबार, ऐतिहासिक लक्ष्मीनरसिंह मन्दिरको निरीक्षण

नेमकिपा अध्यक्ष बिजुक्छेँद्वारा निर्माणाधीन थन्थु दरबार, ऐतिहासिक लक्ष्मीनरसिंह मन्दिरको निरीक्षण : Icon Khabar

भक्तपुर, मंसिर १८ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले भक्तपुर दरबार क्षेत्रमा अवस्थित थन्थु दरबार, गःहिटीस्थित निर्माणाधीन ऐतिहासिक लक्ष्मीनरसिंह मन्दिर र तालाक्वमा अवस्थित इखालाछी मठ पुनःनिर्माण कार्यको मंगलबार स्थलगत निरीक्षण गरेका छन्।

निरीक्षणका क्रममा अध्यक्ष बिजुक्छेँले सम्पदा पुनःनिर्माणको कार्यमा भक्तपुर नपाको अग्रसरता प्रशंसनीय भएको बताउँदै सम्पदा पुनःनिर्माणले नयाँ पुस्ताको सेवा गर्ने बताए।

उनले भक्तपुरको मौलिक स्वरुप संरक्षणमा नपाको अग्रसरता सराहनीय भएको बताउँदै यहाँका सम्पदा पुनःनिर्माणमा स्थानीय जनताको साथ र सहयोग पनि महत्वपूर्ण विषय भएको बताए।

उनले सम्पदा संरक्षण गर्ने जिम्मेवारी स्थानीय तहलाई दिइएको खण्डमा देशभरकै सम्पदाहरु संरक्षण हुने बताए। सम्पदाको महत्वबारे नयाँ पुस्तालाई अवगत गराउन सके स्वतःस्फूर्त रुपमा संरक्षण र सम्बद्र्धन हुँदै जाने बताउँदै उनले भक्तपुरको मौलिक पहिचान नै यहाँको परिचय भएको बताए।

Published Date: 03 December 2024
ताजा
एमबाप्पे र डेम्बेलेको गोलमा फ्रान्स विश्वकपको सेमिफाइनलमा, मोरक्कोको यात्रा समाप्त
मनसुन थप सक्रिय हुँदै: देशभर वर्षाको सम्भावना
विदेशी मुद्राको विनिमयदर, डलरको बिक्रीदर १५२ रुपैयाँ ९३ पैसा
आज शुक्रबारको राशिफल


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय