काठमाडौं, मंसिर १८ । चिनियाँ राष्ट्रपति सी जिनपिङ र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबीच बेइजिङमा भेटवार्ता भएको छ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले केहीबेर अघि सीसँग भेटवार्ता गरेका हुन् ।
यसअघि प्रधानमन्त्री ओलीले समकक्षी ली छ्याङसँग भेटवार्ता गरेका थिए । सो भेटवार्ताको क्रममा दुई देशका अधिकारीले ९ बुँदे सहमति/समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । ग्रेट हल अफ दी पिपुलमा भएको दुई पक्षीय वार्ताले दुई देशको सम्बन्धलाई अझ उचाइमा लग्न सहयोग पुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सोमबारदेखि चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओली मंसिर २० गते स्वदेश फर्किने छन् ।
Published Date: 03 December 2024-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1