नेपाल प्रिमियर लिगमा बेटिङ गरेको आरोपमा चार जना पक्राउ

नेपाल प्रिमियर लिगमा बेटिङ गरेको आरोपमा चार जना पक्राउ : Icon Khabar

काठमाडौँ, मंसिर १८ । कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिगमा बेटिङ गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले चार जनालाई पक्राउ गरेको एसपी होबिन्द्र बोगटीले जानकारी दिए।

उनका अनुसार चारै जना भारतीय नागरिक हुन्। दुई जनालाई सोमबार र दुई जनालाई मंगलबार पक्राउ गरेको हो। ‘आज बिहान पनि जारी खेलमा बेटिङ गरिरहेको अवस्थामा पक्राउ गरेका हौं। सिआइबीमा ल्याउँदैछ,’ उनले भने।

सोमबार पक्राउ परेका सुबास भोस र अमित यादव छन्। उनीहरूले स्पोर्ट्स बाजी र प्रोबो भन्ने एपबाट बेटिङ गरेको खुलेको थियो।
एनपिएलमा बेटिङ हुने आशंकामा सिआइबीको टोली कीर्तिपुरमा परिचालन भएको छ। पक्राउ परेकाहरूमाथि सट्टेबाजी गर्न नहुने कसुर अन्तर्गत अनुसन्धान हुने प्रहरीले जनाएको छ।

Published Date: 03 December 2024