काठमाडौं, मंसिर १८ । नेप्से परिसूचक मंगलबार १७.८० विन्दुले बढेर २७७५.८५ अंकमा आएको छ ।
आज ८ अर्ब ५२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ५ वटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । ७ वटा समूहका सूचक सकारात्मक बनेका छन् ।
आज ३ सय ७ कम्पनीको १ करोड ८१ लाख ६० हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २६ करोड ७४ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा ङादी ग्रुप पावर अग्रस्थानमा रहेको छ ।
यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः जानकी फाइनान्स र बेस्ट फाइनान्स परेका छन् ।
Published Date: 03 December 2024-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1