सामाजिक सञ्जालमार्फत सामाजिक सद्भाव खलबलिने अभिव्यक्ति दिने व्यक्तिलाई कारवाही हुने

सामाजिक सञ्जालमार्फत सामाजिक सद्भाव खलबलिने अभिव्यक्ति दिने व्यक्तिलाई कारवाही हुने : Icon Khabar

काठमाडौं, मंसिर १४ । सामाजिक सञ्जाललाई दुरुपयोग गरेर चलाउने प्रयोगकर्ताहरुका लागि गृह मन्त्रालयले कडा चेतावनी दिएको छ ।

गृह मन्त्रालयद्वारा शुक्रवार एक विज्ञप्ती जारी गर्दै सामाजिक सञ्जालमार्फत सामाजिक सद्भाव तथा सार्वजतिक शान्ति खलबलिने अभिव्यक्ति दिने व्यक्तिलाई कारवाही गर्ने चेतावनी दिइएको छ ।

मन्त्रालयका सहसचिव,प्रवक्ता ऋषिराम तिवारीद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ– ‘विभिन्न जात–जाति, धर्म सम्प्रदायबीचको सु–सम्बन्धमा खलल पार्ने, गाली बेइज्जत गर्ने, अपराध गर्न दुरुत्साहन गर्ने तथा सार्वजनिक शिष्टाचार अथवा नैतिकताको प्रतिकूल हुने जस्ता घृणाजन्य अभिव्यक्तिहरुलाई निरुत्साहित गर्न विभिन्न कानूनले त्यस्ता अभिव्यक्ति र गतिविधिलाई दण्डनीय अपराधको रुपमा व्यवस्था गरेको व्यहोरा सर्वविदितै छ ।’

‘केही व्यक्तिले सामाजिक सञ्जाल लगायतका ‘माध्यमको गलत प्रयोग गरी कानूनले निषेध गरेका द्ववेषपूर्ण एवं भ्रामक अभिव्यक्ति सार्वजनिक गरि सामाजिक सद्भाव र मर्यादामा आँच पुर्याउनुको साथै सार्वजनिक शान्ति सुव्यवस्थामा नै खलल पुर्याउने किसिमले घृणाजन्य अभिव्यक्ति गरिरहेकोमा गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तीमा उल्लेख छ ।

Published Date: 29 November 2024


ताजा
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास
अब सबै अनलाइन बिजनेस सरकारी निकायमा सूचीकरण हुनुपर्ने
भक्तपुरका संवेदनशील क्षेत्रमा जथाभावी ड्रोन उडान : अनुमति कसले दिन्छ, नियमन कहाँ छ?
शनिबार अरुण थापाको स्मृतिमा भक्तपुरमा सांगीतिक श्रद्धाञ्जली, सयौँको सहभागितामा भव्य रूपमा सम्पन्न


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली