सामाजिक सञ्जालमार्फत सामाजिक सद्भाव खलबलिने अभिव्यक्ति दिने व्यक्तिलाई कारवाही हुने

सामाजिक सञ्जालमार्फत सामाजिक सद्भाव खलबलिने अभिव्यक्ति दिने व्यक्तिलाई कारवाही हुने : Icon Khabar

काठमाडौं, मंसिर १४ । सामाजिक सञ्जाललाई दुरुपयोग गरेर चलाउने प्रयोगकर्ताहरुका लागि गृह मन्त्रालयले कडा चेतावनी दिएको छ ।

गृह मन्त्रालयद्वारा शुक्रवार एक विज्ञप्ती जारी गर्दै सामाजिक सञ्जालमार्फत सामाजिक सद्भाव तथा सार्वजतिक शान्ति खलबलिने अभिव्यक्ति दिने व्यक्तिलाई कारवाही गर्ने चेतावनी दिइएको छ ।

मन्त्रालयका सहसचिव,प्रवक्ता ऋषिराम तिवारीद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ– ‘विभिन्न जात–जाति, धर्म सम्प्रदायबीचको सु–सम्बन्धमा खलल पार्ने, गाली बेइज्जत गर्ने, अपराध गर्न दुरुत्साहन गर्ने तथा सार्वजनिक शिष्टाचार अथवा नैतिकताको प्रतिकूल हुने जस्ता घृणाजन्य अभिव्यक्तिहरुलाई निरुत्साहित गर्न विभिन्न कानूनले त्यस्ता अभिव्यक्ति र गतिविधिलाई दण्डनीय अपराधको रुपमा व्यवस्था गरेको व्यहोरा सर्वविदितै छ ।’

‘केही व्यक्तिले सामाजिक सञ्जाल लगायतका ‘माध्यमको गलत प्रयोग गरी कानूनले निषेध गरेका द्ववेषपूर्ण एवं भ्रामक अभिव्यक्ति सार्वजनिक गरि सामाजिक सद्भाव र मर्यादामा आँच पुर्याउनुको साथै सार्वजनिक शान्ति सुव्यवस्थामा नै खलल पुर्याउने किसिमले घृणाजन्य अभिव्यक्ति गरिरहेकोमा गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तीमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 29 November 2024
Website | + posts




ताजा
दुई खेल अगावै नेपाल टी-२० विश्वकपमा छनोट
जेनजीहरूको असली प्रतिनिधि पार्टी माओवादी केन्द्र हो : प्रचण्ड
पचास रुपैयाँको ४२ करोड थान नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई
बुधबार नेप्से परिसूचक २२.५८ अंकले घट्यो


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित