भक्तपुरमा दुई दिने फोटोग्राफी तालिम सुरु

भक्तपुरमा दुई दिने फोटोग्राफी तालिम सुरु : Icon Khabar

भक्तपुर, मंसिर १४ । फोटोग्राफी समाज नेपाल भक्तपुरको आयाेजनामा दुई दिने फोटोग्राफी तालिम आजबाट सुरु भएको छ ।

वरिष्ठ फोटोग्राफर दिपेन्द्र बज्राचार्यले आज भक्तपुरमा सहभागी ३५ जना फोटोग्राफरहरुलाई प्रशिक्षण दिदै फोटोग्राफीमार्फत मंसिर २८ गते देखि पुस २ गतेसम्म हुने भक्तपुर महोत्सवका आयामहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा समेत प्रचार प्रसार गर्ने सकिने विषयहरुमा जानकारी दिए।

सो अवधिमा खिचिएका भक्तपुर नगरका फोटोहरुलाई विभिन्न स्थान र सभा सम्मेलनहरुमा प्रदर्शन गरी भक्तपुर महोत्सवको व्यापक प्रचार प्रसार गर्ने आयोजक समितिको तयारी छ ।

तालिममा लक्ष्मीप्रसाद चवालले सहजिकरण गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 29 November 2024
Website | + posts




ताजा
रेशम चौधरीले पार्टी अध्यक्षमा अघि सारे २७ वर्षीय ‘जेनजी’
यूएईसँग नेपालको हार
आज रातिदेखि भारी वर्षा हुने, शनिबारसम्मै वर्षा कायम रहने
बीपी राजमार्ग पुनर्निर्माणका लागि नेपाल सरकार र जापान सरकारबीच अनुदान सम्झौता


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने