फिल्म ‘ह्रस्व दीर्घ’ले गर्यो अहिलेसम्म आठ करोड रुपैयाँ ग्रस कलेक्शन

फिल्म ‘ह्रस्व दीर्घ’ले गर्यो अहिलेसम्म आठ करोड रुपैयाँ ग्रस कलेक्शन : Icon Khabar

काठमाडौं, मंसिर १४ । देशका अधिकांश सिनेमा हलहरुमा प्रदर्शन भइरहेको फिल्म ‘ह्रस्व दीर्घ’ लाई दर्शकको माया दिनदिनै बढिरहेको छ ।

फिल्मको अकुपेन्सी अहिले पनि ४० देखि ६० सम्म भएको अभिनेत्री नीता ढंगाना बताउँछिन् । आफ्नो फिल्मलाई नेपालगन्ज र दाङका दर्शकले धेरै मन पराइदिएकोमा नीता निकै खुशी छिन् ।

फिल्म रिलिजको प्रारम्भिक दिनभन्दा अहिले फिल्मले पिक लिइरहेकोमा सन्तुष्ट छिन् नीता । उनी भन्छिन् – ‘अफ डेमा पनि फिल्म हाउसफुलका साथ प्रदर्शन भइरहेको छ । शुक्रवार र शनिवार त फिल्मले झन् धेरै व्यवसाय गर्ने कुरामा म ढुक्क छु ।’

नीता भन्छिन् – ‘आज रातिसम्म फिल्मले आठ करोड रुपैयाँ ग्रस कलेक्शन गर्नेछ । अहिले अन्य फिल्म पनि रिलिज भइसकेको छ तर दर्शकको माया भने घटेको छैन, यसमा म धेरै खुशी छु ।’

फिल्म रिलिजको शुरुवाती दिनमा विभिन्न कठिनाईको सामना गर्नु परेको ह्रस्व दीर्घ टिम अहिले भने आफ्नो मेहनतको फल मिठोसँग चाख्न पाउँदा खुशी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 29 November 2024
Website | + posts




ताजा
दुई खेल अगावै नेपाल टी-२० विश्वकपमा छनोट
जेनजीहरूको असली प्रतिनिधि पार्टी माओवादी केन्द्र हो : प्रचण्ड
पचास रुपैयाँको ४२ करोड थान नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई
बुधबार नेप्से परिसूचक २२.५८ अंकले घट्यो


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित