गए राति १२ बजेदेखि उप-निर्वाचनको मौन अवधि प्रारम्भ

गए राति १२ बजेदेखि उप-निर्वाचनको मौन अवधि प्रारम्भ : Icon Khabar

काठमाडौं, मंसिर १४ । मतदानको ४८ घण्टा अघिदेखि चुनावी प्रचार-प्रसार गर्न नपाइने कानूनी व्यवस्था अनुसार गए राति १२ बजेदेखि उप-निर्वाचनको मौन अवधि प्रारम्भ भएको छ ।

सोही कानुनी प्रावधान अनुसार बिहीवार राति १२ बजेदेखि नै मौन अवधि प्रारम्भ भएको हो ।

निर्वाचन आयोगले गए राति १२ बजेदेखि मौन अवधि प्रारम्भ भएको जनाउँदै भर्चुअल तथा भौतिक दुवै माध्यमबाट मत माग्ने र प्रभावित गर्ने कार्य गर्न नपाइने जनाएको छ ।

चुनावी विश्लेषणको सामग्री प्रकाशन तथा प्रसारण गरेर कसैले निर्वाचन आचारसंहिताको उल्लङ्घन गरेमा मुख्य निर्वाचन निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन आयोगमा जानकारी गराउन आयोगले सबैमा अनुरोध गरेको छ ।

Published Date: 29 November 2024


ताजा
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास
अब सबै अनलाइन बिजनेस सरकारी निकायमा सूचीकरण हुनुपर्ने
भक्तपुरका संवेदनशील क्षेत्रमा जथाभावी ड्रोन उडान : अनुमति कसले दिन्छ, नियमन कहाँ छ?
शनिबार अरुण थापाको स्मृतिमा भक्तपुरमा सांगीतिक श्रद्धाञ्जली, सयौँको सहभागितामा भव्य रूपमा सम्पन्न


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली