अस्ट्रेलियामा १६ वर्षमुनिका लागि सामाजिक सञ्जाल प्रतिबन्ध लगाउने नियम पारित

अस्ट्रेलियामा १६ वर्षमुनिका लागि सामाजिक सञ्जाल प्रतिबन्ध लगाउने नियम पारित : Icon Khabar

मेलबर्न, मंसिर १४ । अस्ट्रेलियाका सांसदहरुले फेसबुक, इन्स्टाग्राम र एक्स जस्ता लोकप्रिय साइटहरुमा विश्वको सबैभन्दा कडा नियन्त्रणमध्ये एकलाई अनुमोदन गर्दै बिहीबार १६ वर्षमुनिका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने ऐतिहासिक नियमहरु पारित गरेका छन् ।

विधेयकलाई अब दुवै संसदीय सदनहरुलाई द्विदलीय समर्थनका साथ पारित गरेको छ र सामाजिक सञ्जाल कम्पनीहरुले चाँडै युवा किशोरहरुलाई खाता खोल्नबाट रोक्न ‘उचित कदम’ चाल्ने अपेक्षा गरिएको छ ।

ऐनको पालना नगरे पाँच करोड अस्ट्रेलियन डलरसम्म जरिबाना तिर्नुपर्ने कम्पनीहरुले ऐनलाई ‘अस्पष्ट’, ‘समस्याग्रस्त’ र ‘हतार’ भनेर वर्णन गरेका छन् । विधेयक बुधबार संसद्को तल्लो सदनबाट र बिहीबार साँझ सिनेटबाट पारित भएको छ । अब यो कानून बन्ने निश्चित छ ।

केन्द्र–वाम प्रधानमन्त्री एन्थोनी अल्बानिजले अर्को वर्षको सुरुमा हुने चुनावलाई ध्यानमा राख्दै उत्साहपूर्वक नयाँ नियमहरुको समर्थन गरेको छ र अस्ट्रेलियाका अभिभावकहरुलाई यसबाट टाढा रहन आह्वान गरेका छन् ।

Published Date: 29 November 2024


ताजा
खुर्कोट-भकुन्डेबेसी सडकखण्डमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन चलाउन रोक
सरकारद्वारा पेट्रोलियम पदार्थको मूल्य घटाउन सकिने अवस्था नरहेको स्पष्ट
सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा ८ वटै अध्यादेश जारी
अहिले दिउँसो ३ बजे मन्त्रिपरिषद् बैठक बस्दै










ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
रथ तान्दा अराजकता: बिस्का: जात्रामा सम्पदा र जनसुरक्षा जोखिममा
समयसँग जुध्दै, सपनालाई आकार दिँदै: मनोरम बोर्डिङ्ग स्कुलको प्रेरणादायी यात्रा
मन्टेसरी एजुकेशन स्कूलको नवौं वार्षिकोत्सव तथा दीक्षान्त समारोह सम्पन्न