उमन्स् बक्सिङ च्याम्पियनसिप २०२३ का लागि चन्द्रकला,संगिता र सरस्वती छनाैट 

उमन्स् बक्सिङ च्याम्पियनसिप २०२३ का लागि चन्द्रकला,संगिता र सरस्वती छनाैट  : Icon Khabar
काठमाडौं, माघ २६ । भारतको राजधानी नयाँ दिल्लीमा यहि मार्च १३ देखि २७ तारिखसम्म सन्चालन हुन गैरहेको ईबा वल्ड उमन्स् बक्सिङ च्याम्पियनसिप २०२३ चन्द्रकला थापा, संगिता सुनार र सरस्वती रानामगर छनाैट भएका छन् ।
नेपाल बक्सिङ संघद्वारा आयाेजित राष्ट्रब्यापी खुल्ला छनाैट प्रतियोगिताकाे फेदर वैट ५७ किलो तौल समुहकाे फाईनल खेलमा आर्मीका चन्द्र कला थापाले झापाका सुस्मिता राईलाई ५:० अंककाे आधारमा पराजित गर्दै छनाैट भएकि थिईन् । भने ६० किलो तौल समुहकाे फाईनल खेलमा एपीएफका संगिता सुनारले आर्मीका निरु गुरुङ्गलाई ४ः१ अंककाे आधारमा पराजित गर्दै छनाैट भएकी थिईन् । त्यसैगरी  मिडिल वैट ७५ किलाे तौल समुहकाे फाईनल खेलमा एपीएफका सरस्वती रानामगरले झापाका त्रिसा जवेगुलाई ५ः० अंकको आधारमा पराजित गर्दै छनाैट भएकि थिईन् ।
आज सम्पन्न भएकाे फ्लाई लाई वैट ५० किलो तौल समुहकाे सेमिफाइनल खेलहरुमा एचटुओका अस्मिता दुआलले आरडीएक्सका रमिशा श्रेष्ठलाई ४ः१ को स्पिलट डिसिजनमा पराजित गरिन भने साेहि ताैल समुहमा नेपाल प्रहरीका दिवाना शेर्माले आर्मीका आरती बम्जनलाई ४ः१ को स्पिलट डिसिजलको आधारमा पराजित गर्दै फाईनल प्रवेश गरेकी छिन् । ५० किलाे ताैल समुहकाे फाईनल खेल भाेली २६ गते बिहान ८ बजे हुने प्रवक्ता श्याम काजि अवालेले जानकारी दिएकाछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 09 February 2023
Website | + posts