अर्थतन्त्रलाई चलायमान बनाउन सक्षम नेतृत्व नहुँदा अर्थतन्त्रमा समस्या आयो : अध्यक्ष शेखर गोल्छा

अर्थतन्त्रलाई चलायमान बनाउन सक्षम नेतृत्व नहुँदा अर्थतन्त्रमा समस्या आयो : अध्यक्ष शेखर गोल्छा : Icon Khabar

काठमाडौं, माघ २६ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्रलाई चलायमान बनाउन सक्षम नेतृत्व नहुँदा अर्थतन्त्रमा समस्या आएको दाबी गरेका छन् ।

महासंघले मंगलबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष गोल्छाले नेतृत्वले अर्थतन्त्रमा हुने खतरा पहिल्यै अनुमान गर्न नसक्दा अर्थतन्त्र धरासायी भएको बताए ।

“देशको अर्थतन्त्र अर्थ मन्त्रालयले चलाउँछ। अर्थ मन्त्रालयले चलाएको बसमा सरोकारवाला निकायले त्यो बसको गतिमा गुडिरहेका छन्,’ उनले भने, ‘तीव्र गतिमा गुड्ने बसमा अर्थ मन्त्रालयले ब्रेक लगायो, विभिन्न किसिमका ब्रेक लागेपछि सबै रोकियो । नेपालमा पहिलो पटक अर्थतन्त्रको इन्जिन बिग्रियो ।”

गोल्छाले विनाशकारी भूकम्प र कोभिड–१९ को समयमा अर्थतन्त्रले सीमाभन्दा तीव्र गतिमा अघि बढ्ने प्रयास गर्दा अर्थतन्त्रले अहिलेको अवस्था भोग्नुपरेको बताए । अर्थमन्त्रालय र अर्थतन्त्र चलाउने नेपाल राष्ट्र बैंकको नेतृत्वमा भिजन नभएकाले यस्तो अवस्था सिर्जना भएको उनले बताए ।

गोल्छाका अनुसार अर्थतन्त्रको मार्गको सीमा ४ दशमलव ५ प्रतिशत रहे पनि अर्थ मन्त्रालय र राष्ट्र बैंकले सीमा बढाएर ९ प्रतिशत पुर्याएको छ । अर्थमन्त्रालय र केन्द्रीय बैंक दुवै अर्थतन्त्रलाई चलायमान बनाउन जिम्मेवार छन् ।”

उनले अर्थतन्त्रमा बैंकरलाई सबैभन्दा चलाख मानिएको बताए । अर्थतन्त्रमा समस्या आउनुअघि नै बसबाट हाम फाल्न सफल भएकाले बैंकहरूले खासै समस्या नपाएको उनले दाबी गरे ।

अर्थतन्त्र चलाउने अर्थ मन्त्रालय र राष्ट्र बैंकले समयमै ब्रेक लगाउन सफल भएकाले अर्थतन्त्र धरासायी हुनबाट जोगिएको पनि उनले बताए ।

‘उद्योगी समस्यामा छन् । संरक्षण नभएसम्म अर्थतन्त्र अगाडि बढ्न सक्दैन । अर्थतन्त्रलाई चलायमान बनाउन सरकार आवश्यक छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 09 February 2023
Website | + posts