सर्वोच्चद्वारा कांग्रेसलाई प्रतिपक्षी दलका रूपमा मान्यता दिएको विषयमा संसद सचिवालयसँग स्पष्टीकरण माग

सर्वोच्चद्वारा कांग्रेसलाई प्रतिपक्षी दलका रूपमा मान्यता दिएको विषयमा संसद सचिवालयसँग स्पष्टीकरण माग : Icon Khabar

काठमाडौं, माघ २५ । सर्वोच्च अदालतले कांग्रेसले वर्तमान सरकारलाई समर्थन गरे पनि शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसलाई प्रमुख प्रतिपक्षी दलका रूपमा मान्यता दिएको विषयमा लिखित स्पष्टीकरण पेश गर्न संघीय संसद् सचिवालयलाई आदेश दिएको छ ।

अधिवक्ता विमल पोखरेलले विश्वासको मतमा सरकारलाई साथ दिने दललाई प्रमुख प्रतिपक्षी दल भन्न नसकिने गरी दायर गरेको रिटमा सर्वोच्चले यस्तो आदेश दिएको हो ।

सर्वोच्च अदालतका न्यायाधीश सुष्मा लता माथेमाको एकल इजलासले बुधबार प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, संघीय संसद् सचिवालय, नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा र संवैधानिक परिषद्लाई यस विषयमा लिखित स्पष्टीकरण पेश गर्न आदेश दिएको हो ।

संसदले सरकारलाई समर्थन गर्ने औपचारिक निर्णय गरे पनि संघीय संसद् सचिवालयले कांग्रेस संसदीय दलका नेता देउवालाई प्रमुख प्रतिपक्षी दलको नेताको मान्यता दिने निर्णय गरेको थियो ।

Published Date: 08 February 2023






ताजा
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत २९ गते आइतबार
सूर्योदय सेकेन्डरी स्कुलको ४५औँ वार्षिकोत्सव सम्पन्न, “सूर्योदय रत्न सम्मान” किरण सुवाललाई प्रदान
विश्व प्रसिद्व भारतीय गायिका आशा भोस्लेको ९२ वर्षको उमेरमा निधन
मन्टेसरी एजुकेशन स्कूलको नवौं वार्षिकोत्सव तथा दीक्षान्त समारोह सम्पन्न






ट्रेन्डिङ
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा नवनिर्वाचित सांसदलाई भक्तपुर चेम्बरको सम्मान
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
युनिटी इङ्लिस स्कुल: सानो सुरुवातदेखि राष्ट्रिय उत्कृष्टतासम्मको प्रेरणादायी यात्रा