सर्वोच्चद्वारा कांग्रेसलाई प्रतिपक्षी दलका रूपमा मान्यता दिएको विषयमा संसद सचिवालयसँग स्पष्टीकरण माग

सर्वोच्चद्वारा कांग्रेसलाई प्रतिपक्षी दलका रूपमा मान्यता दिएको विषयमा संसद सचिवालयसँग स्पष्टीकरण माग : Icon Khabar

काठमाडौं, माघ २५ । सर्वोच्च अदालतले कांग्रेसले वर्तमान सरकारलाई समर्थन गरे पनि शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसलाई प्रमुख प्रतिपक्षी दलका रूपमा मान्यता दिएको विषयमा लिखित स्पष्टीकरण पेश गर्न संघीय संसद् सचिवालयलाई आदेश दिएको छ ।

अधिवक्ता विमल पोखरेलले विश्वासको मतमा सरकारलाई साथ दिने दललाई प्रमुख प्रतिपक्षी दल भन्न नसकिने गरी दायर गरेको रिटमा सर्वोच्चले यस्तो आदेश दिएको हो ।

सर्वोच्च अदालतका न्यायाधीश सुष्मा लता माथेमाको एकल इजलासले बुधबार प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, संघीय संसद् सचिवालय, नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा र संवैधानिक परिषद्लाई यस विषयमा लिखित स्पष्टीकरण पेश गर्न आदेश दिएको हो ।

संसदले सरकारलाई समर्थन गर्ने औपचारिक निर्णय गरे पनि संघीय संसद् सचिवालयले कांग्रेस संसदीय दलका नेता देउवालाई प्रमुख प्रतिपक्षी दलको नेताको मान्यता दिने निर्णय गरेको थियो ।

Published Date: 08 February 2023
Website | + posts




















ताजा
तीन वर्षदेखि अधुरै चाँगुनारायण प्रवेशद्वार, आक्रोशित स्थानीयले गरे सडक अवरुद्ध
काठमाडौँ फिल्म फेस्टिभलमा कलाकार होइन, पहुँचको प्रदर्शन ! निम्तो पाउन ‘हैसियत’ चाहिने हो ?
एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ: प्रधानमन्त्री बालेन शाह
दराज ११.११ “वर्षकै सबैभन्दा ठूलो सेल” आज राति ८ बजेदेखि प्रारम्भ हुँदै


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक
परम्परागत बाजा बजाउन हाकुपतासीसँग कालो टोपी र सेतो फेटा (बेताली) कति उचित?