चीनले खाद्यान्न नोक्सानी र खेर जाने क्रमलाई रोक्ने

चीनले खाद्यान्न नोक्सानी र खेर जाने क्रमलाई रोक्ने : Icon Khabar

बेइजिङ, मंसिर ११ । चीनले सन् २०२७ को अन्त्यसम्ममा अझ सुदृढ दीर्घकालीन संयन्त्र स्थापना गर्ने लक्ष्यका साथ खाद्यान्नको क्षति र बर्बादी कम गर्न एक कार्ययोजनाको घोषणा गरेको छ ।

चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समिति र राज्य परिषद्को सामान्य कार्यालयहरूले अगाडि सारेको योजनाअनुसार खाद्यान्न नोक्सानी र खेर जाने क्रमलाई नियन्त्रण गर्न लागिएको हो ।

सन् २०२७ को अन्त्यसम्ममा चीनको खाद्यान्नको उत्पादन, भण्डारण, ढुवानी र प्रशोधनका क्रममा हुने नोक्सानी दर औसत अन्तर्राष्ट्रिय स्तरभन्दा कम हुनेछ ।

सरकारले क्याटरिङ उद्योग, सरकारी कार्यालय र विद्यालयका क्यान्टिन र अन्य स्थानमा हरेक व्यक्तिले खेर फाल्ने खाद्यवस्तुलाई उल्लेखनीय रूपमा नियन्त्रण गर्न निर्देशन दिइसकेको छ ।

यस योजनाले खानाको बचतको राष्ट्रिय जागरूकता बढाउने, खानपान उद्योग र सरकारी क्यान्टिनहरूमा खेर जाने खाद्यान्नलाई नियन्त्रण खाद्यान्नको अनावश्यक नोक्सानी र खेर फाल्ने दरलाई नियन्त्रण गर्नेछ । – रासस/सिन्ह्वा

Published Date: 26 November 2024


ताजा
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ सुरु, सयौं साइकलयात्रीको सहभागिता