मंगलबार नेप्से परिसूचक ३३.४१ अंकले बढ्यो

मंगलबार नेप्से परिसूचक ३३.४१ अंकले बढ्यो : Icon Khabar

काठमाडौं, मंसिर ११ । मंगलबार नेप्से परिसूचक ३३.४१ विन्दुले बढेर २७१६.६६ अंकमा आएको छ ।

आज ७ अर्ब ४४ करोड बढीको सेयर किनबेच भएको छ । अघिल्लो दिन ६ अर्ब ३४ करोडको सेयर कारोबार भएको थियो । कारोबार रकमका आधारमा आज नेपाल फाइनान्स शीर्ष स्थानमा रहेको छ। सो फाइनान्सको यस दिन ४५ करोड ७८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

त्यस्तै, आज ङादी ग्रुप पावरको ३३ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको करिब २९ करोडको शेयर खरिदबिक्री भएको छ।

आज १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १.९७ प्रतिशत बढेको छ। त्यस्तै, आज बैंकिङ्ग, वित्त, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

Published Date: 26 November 2024


ताजा
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ सुरु, सयौं साइकलयात्रीको सहभागिता