एनपीएलका लागि टिकट मूल्य सार्वजनिक, सामान्यतर्फ ३०० रुपैयाँ र भीआइपीतर्फ ७०० रुपैयाँ

एनपीएलका लागि टिकट मूल्य सार्वजनिक, सामान्यतर्फ ३०० रुपैयाँ र भीआइपीतर्फ ७०० रुपैयाँ : Icon Khabar

काठमाडौं, मंसिर ११ । मंसिर १५ गतेदेखि हुन लागेको पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि टिकट मूल्य निर्धारण गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार एक विज्ञप्ति जारी गर्दै टिकट मूल्य सार्वजनिक गरेको हो ।

मंसिर १५ गते हुने उद्घाटन खेलका लागि सामान्यतर्फ ३०० रुपैयाँ र भीआइपीतर्फ ७०० रुपैयाँ टिकट मूल्य राखिएको क्यानले जनाएको छ । त्यस्तै लिग चरणका अन्य खेलका लागि सामान्यतर्फ ३०० रुपैयाँ र भीआइपीतर्फ ५०० रुपैयाँ मूल्य तय गरिएको छ ।

एनपीएलको प्लेअफका खेल हेर्ने दर्शकहरुले सामान्यतर्फ ५०० रुपैयाँ र भीआइपीतर्फ ७०० रुपैयाँको टिकट काट्नुपर्नेछ । त्यस्तै, फाइनल खेलका लागि भने सामान्यतर्फ ५०० रुपैयाँ र भीआइपीतर्फ १ हजार रुपैयाँ टिकटको मूल्य तोकिएको क्यानले जनाएको छ ।
सिजन पासको हकमा २० प्रतिशत छुटसहित सामान्यतर्फ ४ हजार ४८० रुपैयाँ र भीआइपीतर्फ ८ हजार २४० रुपैयाँ मूल्य निर्धारण गरिएको छ ।

Published Date: 26 November 2024
ताजा
देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना: बाढी, पहिरो र दुर्घटनाबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह
आज आइतबारको राशिफल
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा