एनपीएलका लागि टिकट मूल्य सार्वजनिक, सामान्यतर्फ ३०० रुपैयाँ र भीआइपीतर्फ ७०० रुपैयाँ

एनपीएलका लागि टिकट मूल्य सार्वजनिक, सामान्यतर्फ ३०० रुपैयाँ र भीआइपीतर्फ ७०० रुपैयाँ : Icon Khabar

काठमाडौं, मंसिर ११ । मंसिर १५ गतेदेखि हुन लागेको पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि टिकट मूल्य निर्धारण गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार एक विज्ञप्ति जारी गर्दै टिकट मूल्य सार्वजनिक गरेको हो ।

मंसिर १५ गते हुने उद्घाटन खेलका लागि सामान्यतर्फ ३०० रुपैयाँ र भीआइपीतर्फ ७०० रुपैयाँ टिकट मूल्य राखिएको क्यानले जनाएको छ । त्यस्तै लिग चरणका अन्य खेलका लागि सामान्यतर्फ ३०० रुपैयाँ र भीआइपीतर्फ ५०० रुपैयाँ मूल्य तय गरिएको छ ।

एनपीएलको प्लेअफका खेल हेर्ने दर्शकहरुले सामान्यतर्फ ५०० रुपैयाँ र भीआइपीतर्फ ७०० रुपैयाँको टिकट काट्नुपर्नेछ । त्यस्तै, फाइनल खेलका लागि भने सामान्यतर्फ ५०० रुपैयाँ र भीआइपीतर्फ १ हजार रुपैयाँ टिकटको मूल्य तोकिएको क्यानले जनाएको छ ।
सिजन पासको हकमा २० प्रतिशत छुटसहित सामान्यतर्फ ४ हजार ४८० रुपैयाँ र भीआइपीतर्फ ८ हजार २४० रुपैयाँ मूल्य निर्धारण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 26 November 2024
Website | + posts




ताजा
मुस्ताङमा यस वर्ष सात हजार ६३६ मेट्रिकटन स्याउ उत्पादन
आफ्नो तस्वीर टाइम म्यागजिनको कभरमा आएपछि रिसाए ट्रम्प
बुधबार पनि सुनको भाउ बढ्यो
भदौमा मात्रै उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीले लागे रू ३२ अर्ब ७६ करोड


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित