सानेपामा भारतीय नम्बर प्लेटको ट्रकले दियो चार वटा सवारीसाधनमाथि ठक्कर

सानेपामा भारतीय नम्बर प्लेटको ट्रकले दियो चार वटा सवारीसाधनमाथि ठक्कर : Icon Khabar

काठमाडौँ, मंसिर ९ । ललितपुरको सानेपामा भारतीय नम्बर प्लेटको ट्रकले चार वटा सवारीसाधनमाथि ठक्कर दिएको छ। आइतबार १२:४५ बजे ललितपुर महानगरपालिकाको सानेपास्थित सडकमा युपी ४० टी ८१६२ नम्बरको ट्रकले चार वटा गाडीलाई ठक्कर दिएको हो।

दुर्घटनामा परी दुई जना घाइते छन्। उनीहरूको स्टार अस्पतालमा उपचार भइरहेको छ। उक्त ट्रकले बिए ५१४० नम्बरको कार, बा २ झ२६१ नम्बरको ट्याक्सी, बा २० च ४२६२ नम्बरको कार र बा ९ च ९३०३ नम्बरको कारलाई ठक्कर दिएको हो।

बिए ५१४० नम्बरको कार पूर्ण रूपमा क्षति पुगेको छ। ट्रक चालक र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटना हुँदा सडक केहीबेर अवरूद्ध बनेको थियो। अहिले सडक खुलाइसकेको छ।

Published Date: 24 November 2024




ताजा
भक्तपुरमा ‘हेरिटेज मार्केट–कल्चरल किचेन’ मेला सुरु
सिथि नखःको अवसरमा लोकेश्वर साकोसद्वारा कालदह सरसफाइ
स्काउट दिवस २०८३ को अवसरमा मनोरम स्काउट ट्रुपद्वारा सचेतनामूलक र्‍याली सम्पन्न
प्रकृतिसँग रमाउँदै सिकाइमा सहभागी बने बालबालिका : क्युरिकोट मड फेस्टिभल २०८३ सम्पन्न


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न