भक्तपुरमा मनाइयो दशौँ उद्योग दिवस कार्यक्रम

भक्तपुरमा मनाइयो दशौँ उद्योग दिवस कार्यक्रम : Icon Khabar

भक्तपुर, मंसिर ९ । उद्यमशील संस्कृति ,राष्ट्रको समृद्धि भन्ने नाराका साथ यस वर्षको दशौँ उद्योग दिवस भक्तपुरमा सम्पन्न भएको छ।

नेपाल घरेलु तथा साना उद्योग महासंघका उपाध्यक्ष चन्दनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन सो कार्यक्रममा श्रेष्ठले देश विकासको मेरुदण्दको रुपमा रहेको लघु घरेलु तथा साना उद्योग नै भएको कारण यस्ता उद्योगलाई जिवन्तता दिन सरकारबाट ठोस कदम चाल्नु पर्ने बताए।

उनले यस्ता उद्योग दर्ता नविकरण पनि सहज रुपमा गर्नुपर्ने बताए । त्यसैगरी अतिथि नेपाल घरेलु तथा साना उद्योग महासंघका उपाध्यक्ष सत्यनारायण प्रजापतिले स्वदेशी वस्तु खरिद ऐन भएतापनि व्यवहारमा लागु नभएको हुँदा भक्तपुरमा रहेका उद्यमीहरु एकजुट सो ऐन स्थानीय पालिका देखि लागु गराउन दवाव श्रृजना गर्नुपर्ने र त्यसको लागि नेपाल घरेलु तथा साना उद्योग महासंघबाट पनि सहकार्य गर्न बताए।

कार्यक्रममा भक्तपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष गणेशहरी प्रजापतिले बजारमा अधिकाँश वस्तुहरु स्वदेशी भन्दा विदेशी रहेको कारण हामी सामान खरिद गर्दा पनि सकेसम्म स्वदेशी वस्तुलाई प्राथमिकता दिनुपर्ने बताए।

उद्योग तथा वाणिज्य कार्यालयका लक्ष्मीप्रसाद कासुलाले उद्यमीलाई कुनै कुराको जानकारी आवश्यक भए कार्यालयमा आई निर्धक्क रुपमा जानकारी गराउन आग्रह गरी आजको कार्यक्रमको आयोजना गरेकोमा भक्तपुर घरेलु तथा साना उद्योग संघ प्रति आभार व्यक्त गरे।

संघका अध्यक्ष प्रेम खर्बुजाले उद्योग तथा वाणिज्य कार्यालय लगायत विभिन्न संस्थाहरुको समन्वयमा उद्यमीहरु हक हितको कार्यहरु गर्दै रहेको बताउदै भक्तपुर नगरपालिकाको आयोजनामा यही मंसिर २८ गते देखि पुष २ गतसम्म हुने भक्तपुर महोत्सवमा घरेलु उत्पादन तथा हस्तकला मेल पनि हुने भएकोले सो मेलामा सहभागी हुन अनुरोध गरे। उनले मध्यपुर महोत्सवमा पनि सहभागी हुन अनुरोध गरे।

कार्यक्रममा भक्तपुर घरेलु तथा साना उद्योग संघ महिला उद्यमी समितिकी सभापति तथा संघ सह सचिव श्रीजना कक्षपतिले घरेलु तथा साना उद्योग विकासको लागि संघले खेलेको भुमिकाबारे चर्चा गरीन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 24 November 2024
Website | + posts




ताजा
रेशम चौधरीले पार्टी अध्यक्षमा अघि सारे २७ वर्षीय ‘जेनजी’
यूएईसँग नेपालको हार
आज रातिदेखि भारी वर्षा हुने, शनिबारसम्मै वर्षा कायम रहने
बीपी राजमार्ग पुनर्निर्माणका लागि नेपाल सरकार र जापान सरकारबीच अनुदान सम्झौता


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने