बहुप्रतिक्षित बलिउड फिल्म ‘पुष्पा-२’ डिसेम्बर ५ मा रिलिज हुँदै

बहुप्रतिक्षित बलिउड फिल्म ‘पुष्पा-२’ डिसेम्बर ५ मा रिलिज हुँदै : Icon Khabar

मुम्बई, मंसिर ९ । यस वर्षको बहुप्रतिक्षित बलिउड फिल्म ‘पुष्पा-२’ डिसेम्बर ५ मा रिलिज हुँदैछ । गत आइतवार ‘पुष्पा-२’ को ट्रेलर बिहारको पटनामा विशेष कार्यक्रम गरेर सार्वजनिक गरिएको थियो ।

पुष्पा-२ को ट्रेलर पहिलो २४ घण्टामा युट्युबमा तेस्रो धेरै हेरिएको ट्रेलरमा परेको छ । यसलाई २४ घण्टामा १०२ मिलियन अर्थात १० करोड २० लाख मानिसहरूले हेरेका छन् भने अहिलेसम्म १५ करोड भन्दा बढीले हेरेका छन् ।

‘पुष्पा २’ को ट्रेलरले युट्युबमा दर्शकको सङ्ख्यामा सोचेभन्दा बढी दर्शक पाएको छ । ट्रेलरको हिन्दी संस्करणले मात्र पहिलो २४ घण्टामा ४९ मिलियन भ्युज पाएको छ । तेलुगु ट्रेलरले ४४ मिलियन भ्यूज पाएको छ भने तमिल, कन्नड र मलायालम लगायत अन्य भाषाहरूले पनि राम्रो संख्यामा दर्शकहरूलाई आकर्षित गरेको छ । तमिल ट्रेलरले ५२ लाख भ्यूज पाएको छ ।

कन्नड र मलयालम दुवै भाषामा ट्रेलरले १९ लाख भ्युज पाएको छ । यसरी ट्रेलरले भ्युजको हिसाबले १०० मिलियनको आँकडा पार गर्दै सबैभन्दा धेरै हेरिएको तेस्रो भारतीय फिल्मको ट्रेलर बनेको छ ।

यस अघि २४ घण्टामा प्रभासको फिल्म सलारको ट्रेलरलाई ११३ मिलियनले हेरेका थिए भने केजीएफ-२ को ट्रेलरलाई १०६.५ मिलियनले हेरेका थिए ।

अल्लु अर्जुनको यो फिल्म ५ डिसेम्बर २०२४ मा हलमा रिलिज हुनेछ । यो प्यान इन्डिया स्तरमा रिलिज हुँदैछ। यो सन् २०२१ मा रिलिज भएको पुष्पाको सिक्वेल हो । यस अफिल्म्मा अल्लु अर्जुन र रश्मिका मन्डन्नासहित साई पल्लवी र फहद फासिल पनि महत्वपूर्ण भूमिकामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 24 November 2024
Website | + posts
ताजा
रास्वपाको चेतावनी : नाटक सदनमा रचियो भने, जवाफ सडकले दिनेछ
काँग्रेस-एमालेको स्पष्टीकरणः उपसभामुखमाथि महाअभियोग प्रस्ताव दर्ता गर्न हस्ताक्षर गरिएको होइन
अमेरिकामा ६ हजारभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीको भिसा रद्द
उपसभामुख हटाउन दुई तिहाइ पुर्‍याउने कसरत सुरु


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू