बहुप्रतिक्षित बलिउड फिल्म ‘पुष्पा-२’ डिसेम्बर ५ मा रिलिज हुँदै

बहुप्रतिक्षित बलिउड फिल्म ‘पुष्पा-२’ डिसेम्बर ५ मा रिलिज हुँदै : Icon Khabar

मुम्बई, मंसिर ९ । यस वर्षको बहुप्रतिक्षित बलिउड फिल्म ‘पुष्पा-२’ डिसेम्बर ५ मा रिलिज हुँदैछ । गत आइतवार ‘पुष्पा-२’ को ट्रेलर बिहारको पटनामा विशेष कार्यक्रम गरेर सार्वजनिक गरिएको थियो ।

पुष्पा-२ को ट्रेलर पहिलो २४ घण्टामा युट्युबमा तेस्रो धेरै हेरिएको ट्रेलरमा परेको छ । यसलाई २४ घण्टामा १०२ मिलियन अर्थात १० करोड २० लाख मानिसहरूले हेरेका छन् भने अहिलेसम्म १५ करोड भन्दा बढीले हेरेका छन् ।

‘पुष्पा २’ को ट्रेलरले युट्युबमा दर्शकको सङ्ख्यामा सोचेभन्दा बढी दर्शक पाएको छ । ट्रेलरको हिन्दी संस्करणले मात्र पहिलो २४ घण्टामा ४९ मिलियन भ्युज पाएको छ । तेलुगु ट्रेलरले ४४ मिलियन भ्यूज पाएको छ भने तमिल, कन्नड र मलायालम लगायत अन्य भाषाहरूले पनि राम्रो संख्यामा दर्शकहरूलाई आकर्षित गरेको छ । तमिल ट्रेलरले ५२ लाख भ्यूज पाएको छ ।

कन्नड र मलयालम दुवै भाषामा ट्रेलरले १९ लाख भ्युज पाएको छ । यसरी ट्रेलरले भ्युजको हिसाबले १०० मिलियनको आँकडा पार गर्दै सबैभन्दा धेरै हेरिएको तेस्रो भारतीय फिल्मको ट्रेलर बनेको छ ।

यस अघि २४ घण्टामा प्रभासको फिल्म सलारको ट्रेलरलाई ११३ मिलियनले हेरेका थिए भने केजीएफ-२ को ट्रेलरलाई १०६.५ मिलियनले हेरेका थिए ।

अल्लु अर्जुनको यो फिल्म ५ डिसेम्बर २०२४ मा हलमा रिलिज हुनेछ । यो प्यान इन्डिया स्तरमा रिलिज हुँदैछ। यो सन् २०२१ मा रिलिज भएको पुष्पाको सिक्वेल हो । यस अफिल्म्मा अल्लु अर्जुन र रश्मिका मन्डन्नासहित साई पल्लवी र फहद फासिल पनि महत्वपूर्ण भूमिकामा छन् ।

Published Date: 24 November 2024




ताजा
भक्तपुरमा ‘हेरिटेज मार्केट–कल्चरल किचेन’ मेला सुरु
सिथि नखःको अवसरमा लोकेश्वर साकोसद्वारा कालदह सरसफाइ
स्काउट दिवस २०८३ को अवसरमा मनोरम स्काउट ट्रुपद्वारा सचेतनामूलक र्‍याली सम्पन्न
प्रकृतिसँग रमाउँदै सिकाइमा सहभागी बने बालबालिका : क्युरिकोट मड फेस्टिभल २०८३ सम्पन्न


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न