काठमाडौँको धरहरा चढ्न अब २०० रुपैयाँ तिर्नुपर्ने

काठमाडौँको धरहरा चढ्न अब २०० रुपैयाँ तिर्नुपर्ने : Icon Khabar

काठमाडौँ, मंसिर ९ । आइतबारबाट धरहरा चढ्दा शुल्क लाग्ने भएको छ । धरहरा चढ्दा प्रतिव्यक्ति २ सय रुपैयाँ शुल्क तिर्नुपर्ने छ । विद्यार्थी, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिले भने उक्त रकममा ५० प्रतिशत छुट पाउनेछन् । उनीहरूले एक सय रुपैयाँ तिरे पुग्नेछ ।

सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति ५ सय र सार्कबाहेक राष्ट्रबाट आउनेलाई प्रतिव्यक्ति १ हजार रुपैयाँ शुल्क तोकिएको सहरी विकास मन्त्रालयले जनाएको छ । अहिलेसम्म अन्तरिम व्यवस्थाअनुसार धरहरा खुला गरिएको भए पनि अब शुल्क निर्धारण गरेर चलाउन लागिएको केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन तथा आवास) आयोजनाका निर्देशक प्रकाश अर्यालले बताए ।

धरहरा परिसर प्रवेश गर्दा पनि ५० रुपैयाँ शुल्क लाग्नेछ । धरहरा परिसरमा व्यावसायिक भिडियो छायांकन शुल्क प्रतिघण्टा ५ हजार र व्यावसायिक फोटोग्राफी छायांकन शुल्क प्रतिघण्टा १ हजार रुपैयाँ तोकिएको मन्त्रालयले जनाएको छ ।

धरहरा स्तम्भमा राष्ट्रिय महत्त्वका व्यावसायिकबाहेकको विज्ञापन शुल्क प्रतिघण्टा ५ हजार रुपैयाँ पर्नेछ । प्रत्येक बुधबार एक दिन भने धरहरा चढ्न बन्द गरिनेछ ।

Published Date: 24 November 2024




ताजा
भक्तपुरमा ‘हेरिटेज मार्केट–कल्चरल किचेन’ मेला सुरु
सिथि नखःको अवसरमा लोकेश्वर साकोसद्वारा कालदह सरसफाइ
स्काउट दिवस २०८३ को अवसरमा मनोरम स्काउट ट्रुपद्वारा सचेतनामूलक र्‍याली सम्पन्न
प्रकृतिसँग रमाउँदै सिकाइमा सहभागी बने बालबालिका : क्युरिकोट मड फेस्टिभल २०८३ सम्पन्न


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न