काठमाडौँको धरहरा चढ्न अब २०० रुपैयाँ तिर्नुपर्ने

काठमाडौँको धरहरा चढ्न अब २०० रुपैयाँ तिर्नुपर्ने : Icon Khabar

काठमाडौँ, मंसिर ९ । आइतबारबाट धरहरा चढ्दा शुल्क लाग्ने भएको छ । धरहरा चढ्दा प्रतिव्यक्ति २ सय रुपैयाँ शुल्क तिर्नुपर्ने छ । विद्यार्थी, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिले भने उक्त रकममा ५० प्रतिशत छुट पाउनेछन् । उनीहरूले एक सय रुपैयाँ तिरे पुग्नेछ ।

सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति ५ सय र सार्कबाहेक राष्ट्रबाट आउनेलाई प्रतिव्यक्ति १ हजार रुपैयाँ शुल्क तोकिएको सहरी विकास मन्त्रालयले जनाएको छ । अहिलेसम्म अन्तरिम व्यवस्थाअनुसार धरहरा खुला गरिएको भए पनि अब शुल्क निर्धारण गरेर चलाउन लागिएको केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन तथा आवास) आयोजनाका निर्देशक प्रकाश अर्यालले बताए ।

धरहरा परिसर प्रवेश गर्दा पनि ५० रुपैयाँ शुल्क लाग्नेछ । धरहरा परिसरमा व्यावसायिक भिडियो छायांकन शुल्क प्रतिघण्टा ५ हजार र व्यावसायिक फोटोग्राफी छायांकन शुल्क प्रतिघण्टा १ हजार रुपैयाँ तोकिएको मन्त्रालयले जनाएको छ ।

धरहरा स्तम्भमा राष्ट्रिय महत्त्वका व्यावसायिकबाहेकको विज्ञापन शुल्क प्रतिघण्टा ५ हजार रुपैयाँ पर्नेछ । प्रत्येक बुधबार एक दिन भने धरहरा चढ्न बन्द गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 24 November 2024
Website | + posts




ताजा
निर्वाचन बिथोल्न केही तत्वहरु सक्रिय छनः गृहमन्त्री
सिंहदरबारमा मन्त्रीपरिषदको बैठक जारी
बिहीबार नेप्से परिसूचक १८.४० अंकले घट्यो
जेनजी आन्दोलनको सम्पत्ति क्षतिमा इन्स्योरेन्स कम्पनीमा सवा २३ अर्ब रुपैयाँ बीमा दाबी


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित