एप्पलले अहिलेसम्मकै पातलो आईफोन ल्याउने

एप्पलले अहिलेसम्मकै पातलो आईफोन ल्याउने : Icon Khabar

काठमाडौं, मंसिर ९ । एप्पलले अहिलेसम्मकै पातलो आईफोन ल्याउन लागेको जानकारी बाहिरिएको छ । आईफोन १७ एयर नाम हुने उक्त फोन अहिलेसम्मकै सबैभन्दा पातलो आईफोन हुने दाबी गरिएको छ ।

एप्पल विश्लेषक जेफ पु पछिल्लो समय बाहिरिएको विवरणमा सहमत छ । म्याक र्‍युमर्सलाई प्राप्त रिसर्च नोटमा विश्लेषक पुले आईफोन १७ एयर निकै पातलो हुने उल्लेख गरेका छन् । यो फोन ६ एमएम चौडाइको हुने दाबी गरिएको छ ।

“आईफोन १७ स्लिम मोडेलको ६ एमएम चौडाई अल्ट्रा-स्लिम डिजाइनबारे हालै भएको चर्चासँग हामी सहमत छौं,” उनले लेखेका छन् । यदि चौडाइ ६ एमएम नै भयो भने यसले केही रेकर्ड राख्नेछ । यसअघि एप्पलले सबैभन्द पातलो आईफोनका रूपमा आईफोन सिक्स ल्याएको थियो । यसको चौडाइ ६.९ एमएम थियो ।

Published Date: 24 November 2024




















ताजा
नेप्से ३१ अंकले बढ्यो, कारोबार रकम साढे ८ अर्ब नाघ्यो
बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर
एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै
चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको प्रभाव : देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक