एप्पलले अहिलेसम्मकै पातलो आईफोन ल्याउने

एप्पलले अहिलेसम्मकै पातलो आईफोन ल्याउने : Icon Khabar

काठमाडौं, मंसिर ९ । एप्पलले अहिलेसम्मकै पातलो आईफोन ल्याउन लागेको जानकारी बाहिरिएको छ । आईफोन १७ एयर नाम हुने उक्त फोन अहिलेसम्मकै सबैभन्दा पातलो आईफोन हुने दाबी गरिएको छ ।

एप्पल विश्लेषक जेफ पु पछिल्लो समय बाहिरिएको विवरणमा सहमत छ । म्याक र्‍युमर्सलाई प्राप्त रिसर्च नोटमा विश्लेषक पुले आईफोन १७ एयर निकै पातलो हुने उल्लेख गरेका छन् । यो फोन ६ एमएम चौडाइको हुने दाबी गरिएको छ ।

“आईफोन १७ स्लिम मोडेलको ६ एमएम चौडाई अल्ट्रा-स्लिम डिजाइनबारे हालै भएको चर्चासँग हामी सहमत छौं,” उनले लेखेका छन् । यदि चौडाइ ६ एमएम नै भयो भने यसले केही रेकर्ड राख्नेछ । यसअघि एप्पलले सबैभन्द पातलो आईफोनका रूपमा आईफोन सिक्स ल्याएको थियो । यसको चौडाइ ६.९ एमएम थियो ।

Published Date: 24 November 2024
ताजा
मंगलबार नेप्से परिसूचक २४.५७ अंकले बढ्यो
विश्वकप २०२६: बेल्जियमको शानदार प्रदर्शन, अमेरिकामाथि ४–१ को जितसहित क्वार्टरफाइनलमा स्पेनसँग भेट
अन्तिम समयमा मेरिनो चम्किए, पोर्चुगललाई हराउँदै स्पेन १६ वर्षपछि विश्वकप क्वाटरफाइनलमा
मंगलबारका लागि विदेशी मुद्राहरूको आधिकारिक विनिमयदर


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी