जाडोयाममा बच्चालाई कसरि स्याहार्ने ?

जाडोयाममा बच्चालाई कसरि स्याहार्ने ? : Icon Khabar

काठमाडौँ, मंसिर ९ । जाडोयाममा बच्चालाई धेरै कुराबाट बचाउनुपर्छ र उनीहरुको सुआहर राम्रो सँग गर्न विभिन्न कुरामा ध्यान दिनुपर्छ।

१. जाडोयाममा बच्चालाई धेरै समस्या देखिने भएकाले सरसरफाइसहित विभिन्न कुरामा ध्यान पुर्‍याउनुपर्छ।

२. बच्चालाई न्यानो कपडा, टोपी, पञ्जा, मोजा लगाएर प्राकृतिक रुपमै न्यानो बनाएर राख्ने।

३. रुघा लागेको मान्छेसँग घुलमिल नगराउने।

४. बासी खानेकुरा नखुवाउने।

५. चिसो चिज सकेसम्म नदिने।

६. उमालेको पानी पिउन दिने।

७. बच्चालाई रुघा खोकी लागेको छ भने केहीदिन घरमै आराम गराउने।

८. बच्चा बस्ने र सुत्ने कोठा सधै हावा खेल्ने तर न्यानो बनाएर राख्ने।

९. कोठामा बच्चाले खेल्ने ठाउँमा कार्पेट ओछ्याउने।

१०. घर बाहिर लैजाँदा मास्क लगाएर मात्र निकाल्यो भने चिसोबाट हुने रोगबाट बचाउन सकिन्छ।

११. जाडो छ भन्दैमा धेरै बाक्ला लुगा लगाएर अनि ओढाएर बच्चालाई असजिलो र गुम्म पार्नु हुँदैन।

१२. बच्चालाई पनि ठूला मान्छेलाई जस्तै जाडो महिनामा खाना रुच्ने गर्छ। त्यसैले स्वच्छ र तातो खानेकुरा बेलाबेला खुवाउनु जरुरी हुन्छ।

१३. सानो बच्चालाई तातो र झोलिलो खानेकुरा पटक–पटक ख्वाउनुपर्छ।

१४. तातो बाक्लो दाल ख्वाउने गर्नाले बच्चाहरु स्वस्थ हुन्छन् र आवश्यक क्यालोरी पनि पाउँछन्।

ऐजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 24 November 2024
Website | + posts




ताजा
निर्वाचन बिथोल्न केही तत्वहरु सक्रिय छनः गृहमन्त्री
सिंहदरबारमा मन्त्रीपरिषदको बैठक जारी
बिहीबार नेप्से परिसूचक १८.४० अंकले घट्यो
जेनजी आन्दोलनको सम्पत्ति क्षतिमा इन्स्योरेन्स कम्पनीमा सवा २३ अर्ब रुपैयाँ बीमा दाबी


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित