फेक आईडी खोली आर्थिक कारोबार गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ

फेक आईडी खोली आर्थिक कारोबार गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ : Icon Khabar

काठमाडौं, माघ २५ । आफ्नै केटी साथीको नाममा फेक आईडी खोली आर्थिक कारोबार गर्ने कार्यमा संलग्न रहेको अभियोगमा सुनसरी रामधुनी गाँउपालिका-४ घर भई काठमाडौं नयाँबस्ती बस्ने २० वर्षीया युनिसा भन्ने स्वस्तिका श्रेष्ठलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

उनले फेसबुक, इन्स्ट्राग्राम जस्ता सामाजिक संजालहरुको दुरुपयोग गरी अष्ट्रेलियामा रहेकी केटी साथीको नाममा फेक फेसबुक एकाउन्ट खोली पीडितको फोटो, स्टाटस अपलोड गरी केटा साथीहरुलाई म्यासेन्जर मार्फत विभिन्न बहानामा आफ्नो बैंक तथा ईसेवा वालेटहरुमा रकम पठाउन लगाई ठगी गरेको खुल्न आएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनी उपर विद्युतिय कारोवार कसूर अन्तर्गत आवश्यक अनुसन्धान एवं कारवाहीको लागि नेपाल प्रहरी प्रधान कार्यालय साईबर ब्यूरो भोटाहिटि काठमाडौं पठाइएको छ ।

Published Date: 08 February 2023


ताजा
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागको केही स्थानमा भारी वर्षाको सम्भावना
सोमबारका लागि विदेशी मुद्राको विनिमयदर
आज सोमबारको राशिफल
आइतबार पनि सुनको मूल्य बढ्यो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली