नवौं एक्सेल्सियर कपअन्तर्गत यु–१२ ब्वाइज फुटबलमा एक्सेल्सियर र काष्ठमण्डप उपाधिनजिक

नवौं एक्सेल्सियर कपअन्तर्गत यु–१२ ब्वाइज फुटबलमा एक्सेल्सियर र काष्ठमण्डप उपाधिनजिक : Icon Khabar

काठमाडौँ, माघ २५ । नवौं एक्सेल्सियर कपअन्तर्गत यु–१२ ब्वाइज फुटबलमा आयोजक द एक्सेल्सियर स्कुल र काष्ठमण्डप बुधबार फाइनलमा प्रवेश गरेका छन् ।

स्वयम्भूस्थित घरेलु मैदानमा एक्सेल्सियरले रेडिअन्ट पब्लिकलाई ३–० गोलले पराजित गर्यो । एक्सेल्सियरका कृष पाण्डेले २ तथा साहिलराज थापाले १ गोल गरे । काष्ठमण्डपले संस्कृति इन्टरनेसनल स्कुललाई ५–० को फराकिलो गोलअन्तरले हरायो । विजेताका सुप्रिम बोहराले २ तथा सहज ढकाल, आध्यान शेरचन र इशान पराजुलीले १–१ गोल गरे ।

यु–१६ ब्वाइज फुटबलमा ग्रिनफिल्ड नेसनल स्कुल र न्यु इराले उपाधि भिडन्त पक्का गरे । ग्रिनफिल्डले श्री सञ्जय साइलाई ५–० गोलले पाखा लगायो । विजयी टिमका लागि धर्विन्द्र बोहरा र उपेन्द्र बोहराले समान २–२ तथा आयुश दूतराजले १ गोल गरे । न्यु इराले हार्टल्यान्ड एकेडेमीलाई २–१ गोलले पन्छायो । न्यु इराका पेम्बा तामाङ र सशांक थापाले १–१ गोल गरे । हार्टल्यान्डका प्रशान्त धामीले सान्त्वना गोल गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 08 February 2023
Website | + posts