नवौं एक्सेल्सियर कपअन्तर्गत यु–१२ ब्वाइज फुटबलमा एक्सेल्सियर र काष्ठमण्डप उपाधिनजिक

नवौं एक्सेल्सियर कपअन्तर्गत यु–१२ ब्वाइज फुटबलमा एक्सेल्सियर र काष्ठमण्डप उपाधिनजिक : Icon Khabar

काठमाडौँ, माघ २५ । नवौं एक्सेल्सियर कपअन्तर्गत यु–१२ ब्वाइज फुटबलमा आयोजक द एक्सेल्सियर स्कुल र काष्ठमण्डप बुधबार फाइनलमा प्रवेश गरेका छन् ।

स्वयम्भूस्थित घरेलु मैदानमा एक्सेल्सियरले रेडिअन्ट पब्लिकलाई ३–० गोलले पराजित गर्यो । एक्सेल्सियरका कृष पाण्डेले २ तथा साहिलराज थापाले १ गोल गरे । काष्ठमण्डपले संस्कृति इन्टरनेसनल स्कुललाई ५–० को फराकिलो गोलअन्तरले हरायो । विजेताका सुप्रिम बोहराले २ तथा सहज ढकाल, आध्यान शेरचन र इशान पराजुलीले १–१ गोल गरे ।

यु–१६ ब्वाइज फुटबलमा ग्रिनफिल्ड नेसनल स्कुल र न्यु इराले उपाधि भिडन्त पक्का गरे । ग्रिनफिल्डले श्री सञ्जय साइलाई ५–० गोलले पाखा लगायो । विजयी टिमका लागि धर्विन्द्र बोहरा र उपेन्द्र बोहराले समान २–२ तथा आयुश दूतराजले १ गोल गरे । न्यु इराले हार्टल्यान्ड एकेडेमीलाई २–१ गोलले पन्छायो । न्यु इराका पेम्बा तामाङ र सशांक थापाले १–१ गोल गरे । हार्टल्यान्डका प्रशान्त धामीले सान्त्वना गोल गरे ।

Published Date: 08 February 2023
ताजा
तामाकोशीको बाढीले पुष्पलाल राजमार्ग चिरियो, दोलखाको किर्नेटारमा सडक बग्दा यातायात पूर्ण ठप्प
आज पनि सुनको मूल्य बढ्यो ? तोलाको कति ?
नेपालमा बर्डफ्लुको जोखिम घट्दो: साउन १ देखि नयाँ संक्रमण नदेखिएको विभागको दाबी
मध्यपूर्वमा द्वन्द्व चर्किएपछि अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ उच्च: ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ९५ डलर पार


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय