नागरिक उड्डयनलाई फुटसल उपाधि

नागरिक उड्डयनलाई फुटसल उपाधि : Icon Khabar

काठमाडौँ, माघ २५ । नागरिक उड्डयन प्राधिकरण ‘ए’ ले १३ औं सार्वजनिक संस्थान खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटसलको उपाधि बुधबार जितेको छ ।

सार्वजनिक संस्थान खेलकुद विकास संघ नेपाल (पेस्डान) द्वारा आयोजित प्रतियोगिताको फाइनलमा नागरिक ‘ए’ ले नेपाल आयल निगम ‘बी’ लाई २–१ गोलले पराजित गर्यो । नागरिक ‘ए’ का सुमित पराजुली र सुजन भारतीले १–१ गोल गरे । निमग ‘बी’ का राम विश्वकर्माले १ गोल फर्काए ।

भृकुटिमण्डपमा भएको फुटसलमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २५ हजार, १५ हजार र १० हजार नगद पुरस्कार पाउने पेस्डानका उपमहासचिव समेत रहेका फुटसल संयोजक प्रशान्तबहादुर श्रेष्ठले जनाएका छन् । दुईदिने फुटसलमा १४ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगिताअन्तर्गत बिहीबारदेखि ब्याडमिन्टनको प्रतिस्पर्धा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सुरु हुँदैछ ।
ब्याडमिन्टनमा पुरुष÷महिला सिंगल्स र डबल्स, भेट्रान ४५ वर्षमाथि पुरुष डबल्स तथा पेस्डान एक्सिक्युटिभ डबल्स गरी ६ स्पर्धामा खेल हुने ब्याडमिन्टन खेलका संयोजक समेत रहेका पेस्डानका महासचिव रामविनय श्रेष्ठले जानकारी गराए ।

प्रत्येक स्पर्धाका पदक विजेताले नगद पुरस्कार पाउने छन् । ब्याडमिन्टनको कुल पुरस्कार राशी १ लाख ७५ हजार रुपैयाँ रहेको छ । १ सय २६ खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 08 February 2023
Website | + posts