बुधबार सुनको भाउ प्रतितोला ९ सय रुपैयाँले बढ्यो

बुधबार सुनको भाउ प्रतितोला ९ सय रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौँ, मंसिर ५ । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । अघिल्लो दिन प्रतितोला ११ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले बढेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६३ हजार रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ६२ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने घटेको छ । चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेको छ । यससँगै चाँदीको मूल्य प्रतितोला १ हजार ९५० रुपैयाँ पुगेको छ ।

Published Date: 20 November 2024


ताजा
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
भक्तपुरले गर्ने ‘भक्तपुर कोरा’ किन बन्यो देशकै विशेष साइकल उत्सव ?