भक्तपुरमा शिक्षा सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन

भक्तपुरमा शिक्षा सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन : Icon Khabar

भक्तपुर, मंसिर २५ । राष्ट्रिय कर दिवसको उपलक्ष्यमा आन्तरिक राजश्व कार्यालयको आयोजना तथा भक्तपुर घरेलु तथा साना उद्योग संघको सहकार्यमा कर शिक्षा सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन भयो ।

सो अवसरमा संघका अध्यक्ष प्रेमकृष्ण खर्बुजाले साना करदाताहरुलाई परेको विभिन्न समस्याहरुबारे अवगत गराउँदै विगतमा पनि संघको पहलमा साना व्यवसायीहरुको समस्या समाधानको लागि सहजीकरण गरिदिएको स्मरण गर्दै यो बर्षको राजश्व कार्यालयको कर प्रणालिमा विगतमा राजश्व तिरेका उद्यमी व्यवशायीहरुको कर बक्यौता देखाएको बारे समयमै सम्बोधन गर्न अनुरोध गरे।

साथै यो वर्ष संघले हालसम्म ३०० भन्दा बढी उद्यमी व्यवशायीहरुको कर तिर्न ,नयाँ प्यान दर्ता गर्न र उद्यमीको कर खारेज गर्न सहजीकरण गरिदिएको जानकारी गराउँदै यसरी नै संघ सगको सहकार्यमा समय समयमा कर सचेतना कार्यक्रम गर्न अनुरोध गरे।

उक्त कार्यक्रममा कर कार्यालयका प्रमुख कर अधिकृत दिलिप गौतमले साना उद्यमीहरुले कर दाखिला गर्ने डे१, डे२ र डे३ सम्बन्धि जानकरी गराउनुका साथै वास्तविक आयव्यय विवरण नबुझाउँदा मिक्सम्याचमा पर्न सक्ने र मिक्सम्याचको जरिवाना धेरै हुने भएकोले वास्तविक आयव्यय बुझाउन हुन अनुरोध गर्नुका साथै यो बर्ष आयकर ऐनले दिएका छुट सुविधा ,एच्छिक भ्याट तथा अनिवार्य भ्याट विषयमा पनि जानकारी गराए।

साथै उनले नेपाल भरी र भक्तपुरको कार्यालयमा पनि भक्तपुर घरेलु तथा साना उद्योग संघले गत साउनमा जानकारी गराएको विगतमा कर तिरेको प्रमाण हुन्दा पनि कर प्रणालिमा कर बक्यौदा देखाएको सम्बन्धमा विभागमा परिपत्र पश्चात सो सम्बन्धि कर कार्यालयको सफ्टवेयरमा नै अधावधि गर्ने कार्य भईरहेको र सो सफ्टवेयर अधावधि हुनासाथ संघ मार्फत सम्पुर्ण करदातालाई जानकारी गराउने बताए।

उनले कर शिक्षाको जानकारी नहुन्दा कर बाट डर पैदा भई रहेको र जसबाट केही व्यक्तिले फाईदा लिईरहको कारण यस्ता कर शिक्षा वा कर सचेतना कार्यक्रम संघको पहलमा स्थानीय निकायको वडा वडा तथा सहकारीमा लग्न अनुरोध गरे।

कार्यक्रममा भक्तपुर घरेलु तथा साना उद्योग संघका निवर्तमान अध्यक्ष विरेन्द्र जतिले विगतमा संघकै पहलमा थ्रेसहोल्ड नितिमा सुधार आएको जानकारी गराउँदै साना करदाताहरुलाई लेखा प्रणालि राख्न संघले विभिन्न शैक्षिक सस्थानहरु सँग सहकार्य गरिरहेको हुन्दा सो सम्बन्धि थप जानकारीको लागि संघमा सम्पर्क राख्न अनुरोध गर्नुका साथै कर दिवसको उपलक्ष्यमा ठुला करदाताहरुलाई मात्र नभई साना करदाताहरुलाई पनि सम्मान गर्नुपर्ने बताए।

कार्यक्रममा जुजु धौ व्यवशायी कृष्ण गोपाल सैजू, भादगाउँले टोपी संघका सिताराम श्रेष्ठ, काष्ठकलाका गणेशमान राजचल ,मध्यपुर थिमीका जनप्रतिनिधि, महिला उद्यमी समितिका देवका श्रेष्ठ, खाद्यन्न व्यवसायी उर्मिला श्रेष्ठ तथा सिलाई व्यवसायी सुष्मा श्रेष्ठ ग्यास बिक्रेता राजकुमार प्रजापति लगायत सहभागीहरुले आ आफ्नो व्यवसायमा परिरहेको समस्या सम्बन्धमा आ आफ्नो विचार राखेका थिए।

कार्यक्रममा संघका आवद्ध करिव ६० जना साना उद्यमी व्यवसायीहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 20 November 2024
Website | + posts