अर्जेन्टिना विश्व कपमा छनोट

अर्जेन्टिना विश्व कपमा छनोट : Icon Khabar

काठमाडौं, मंसिर ५ । लिओनल मेसीको कप्तानीमा रहेको अर्जेन्टिना पेरुलाई पराजित गरेसँगै फिफा विश्व कप २०२६ का लागि छनोट भएको छ ।

घरेलु मैदान ब्यूनस आयर्समा बुधवार पेरुलाई १-० ले पराजित गरेपछि साविक विजेता अर्जेन्टिनाले सन् २०२६ को विश्वकपमा स्थान पक्का गरेको हो ।

यो जितपछि अर्जेन्टिनाको १२ खेलबाट २५ अंक पुगेको छ । १० टोलीको सहभागिता रहेको दक्षिण अमेरिका छनाेटमा अर्जेन्टिना कम्तिमा छैटौं स्थान रहने पक्का भएको छ। दक्षिण अमेरिकाबाट विश्वकपमा ६ राष्ट्र छनोट हुनेछन् ।

अजेन्टिनाको जितमा लौटरो मार्टिनेजले गोल गरे । खेलको ५५औं मिनेटमा मार्टिनेजले गरेको गोल नै खेलमा निर्णायक हुन पुग्यो । पेरु समान खेलमा ७ अंकका साथ तालिकाको पुछारमा रहेको छ ।–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 20 November 2024
Website | + posts
ताजा
आमायाङ्ग्री पदयात्रा: हिमालको दृश्यसँगै प्रकृतिको अनुपम सौन्दर्य (फोटो फिचर)
शिक्षण अस्पतालले आगामी माघ १ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रमको उपचार सेवा बन्द गर्ने
बलिउड अभिनेत्री सन्नी लियोनले गरिन् नेपालको प्रशंसा
सोमबार सुनको मूल्य प्रतितोला ४ हजार १ सय रुपैयाँले बढ्यो


ट्रेन्डिङ
भुलाँचा चोक हटाउने तयारीको विरोधमा स्थानीय आन्दोलित
भक्तपुरमा अपेनको तेस्रो नगर अधिवेशन सम्पन्न, अध्यक्षमा किरण गोसाईं
भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा न्यौपाने निर्विरोध
भक्तपूर नगरव्यापी विद्यालयस्तरीय खेलकूद प्रतियोगितामा भक्तपूर मोडर्न स्कूलको उत्कृष्ट प्रदर्शन