अर्जेन्टिना विश्व कपमा छनोट

अर्जेन्टिना विश्व कपमा छनोट : Icon Khabar

काठमाडौं, मंसिर ५ । लिओनल मेसीको कप्तानीमा रहेको अर्जेन्टिना पेरुलाई पराजित गरेसँगै फिफा विश्व कप २०२६ का लागि छनोट भएको छ ।

घरेलु मैदान ब्यूनस आयर्समा बुधवार पेरुलाई १-० ले पराजित गरेपछि साविक विजेता अर्जेन्टिनाले सन् २०२६ को विश्वकपमा स्थान पक्का गरेको हो ।

यो जितपछि अर्जेन्टिनाको १२ खेलबाट २५ अंक पुगेको छ । १० टोलीको सहभागिता रहेको दक्षिण अमेरिका छनाेटमा अर्जेन्टिना कम्तिमा छैटौं स्थान रहने पक्का भएको छ। दक्षिण अमेरिकाबाट विश्वकपमा ६ राष्ट्र छनोट हुनेछन् ।

अजेन्टिनाको जितमा लौटरो मार्टिनेजले गोल गरे । खेलको ५५औं मिनेटमा मार्टिनेजले गरेको गोल नै खेलमा निर्णायक हुन पुग्यो । पेरु समान खेलमा ७ अंकका साथ तालिकाको पुछारमा रहेको छ ।–एजेन्सी

Published Date: 20 November 2024


ताजा
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
भक्तपुरले गर्ने ‘भक्तपुर कोरा’ किन बन्यो देशकै विशेष साइकल उत्सव ?