स्थानीय तह उपनिर्वाचनको पर्यवेक्षण गर्न इच्छुक राष्ट्रिय संस्थाहरुलाई निवेदन आह्वान

स्थानीय तह उपनिर्वाचनको पर्यवेक्षण गर्न इच्छुक राष्ट्रिय संस्थाहरुलाई निवेदन आह्वान : Icon Khabar

काठमाडौँ, कात्तिक २६ । निर्वाचन आयोगले मङ्सिर १६ गते हुन गइरहेको स्थानीय तह उपनिर्वाचनको पर्यवेक्षण गर्न इच्छुक राष्ट्रिय संस्थाहरुलाई निवेदन आह्वान गरेको छ ।

आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद सापकोटाका अनुसार स्थानीय तह उपनिर्वाचन निर्देशिका, २०८१ को अनुसूची–६३ बमोजिम निवेदनका लागि कात्तिक २६ देखि ३० गतेसम्म पाँच दिनको समय दिइएको छ ।

सम्बन्धित व्यक्तिसँग आयोगको तर्फबाट सामान्य जानकारीमूलक अन्तरक्रिया गरी वडा वा पालिका तोकेर पर्यवेक्षणको स्वीकृति प्रदान गरिने उनले बताए।

उनका अनुसार आयोगले निर्वाचन सम्पन्न भएको एक महिनाभित्र अनिवार्य रुपमा प्रतिवेदन लिइ सो उपर छलफल कार्यक्रम गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 11 November 2024
Website | + posts
ताजा
आइकन खबर डटकम अब साइकल कनेक्ट भक्तपुरको आधिकारिक मिडिया पार्टनर
प्यालेस्टाइनद्वारा प्यालेस्टिन राज्यलाई मान्यता दिन र संयुक्त राष्ट्रसङ्घमा सदस्यतालाई समर्थन गर्न आग्रह
अझै खुल्न सकेन सिन्धुपाल्चोकको भोटेकोशीमा गत साउन १८ गतेको पहिरोले अवरुद्ध अरनिको राजमार्ग
भारत र चीनबिचको सम्झौता अस्वीकार्य: गगन थापा


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू