धादिङमा बोलेरोको ठक्करबाट एक युवतीको मृत्यु

धादिङमा बोलेरोको ठक्करबाट एक युवतीको मृत्यु : Icon Khabar

काठमाडौं, कार्तिक २६ । धादिङको गजुरी गाउँपालिका–३ डार्केफाटमा बोलेराले पैदलयात्रुलाई ठक्कर दिंदा एक युवतीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बेनीघाट–२ की १९ वर्षीया अनिता मिजार रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक तथा सूचना अधिकारी प्रल्हाद सिलवालले जानकारी दिए ।

उनका अनुसार ताल्तिबाट मलेखु जाँदै गरेको बा२०च १९९९ नम्बरको बोलेरोले मिजारलाई ठक्कर दिएको थियो । उक्त बोलेरोकै ठक्करबाट १६ वर्षीया प्रशंसा मिजार घाइते भएकी छन् ।

चालक गोपी बहादुर ठकुरी र बोलेरो प्रहरीको नियन्त्रणमा रहेको सिलवालले जानकारी दिए ।

Published Date: 11 November 2024


ताजा
संगीत रोयल्टी विवादमा रेडियोलाई सर्वोच्चको राहत, एफएम सञ्चालक र रेडियोकर्मीमाथि धरपकडमा रोक
अभिनेता प्रदीप रावतको निधनले नेपाली फिल्म उद्योग पनि शोकमा
बुधबार नेप्से परिसूचक ४.७९ अंकले बढ्यो
नेपालजस्तो देशमा हप्ताको दुई दिन बिदा कति व्यवहारिक ?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु