जाजरकोटमा जिप दुर्घटना हुँदा तीन जना घाइते

जाजरकोटमा जिप दुर्घटना हुँदा तीन जना घाइते : Icon Khabar

सुर्खेत, कार्तिक २६ । जाजरकोटको बाउसे खोला भन्ने ठाउँमा जिप दुर्घटना भएको छ ।

बिहान ११ बजेतिर बारेकोटबाट सदरमुकाम खलङ्गा आउँदै गरेको घ १ ज ५९५ नम्बरको बोलेरो जिप नलगाड नगरपालिका–४ को बाउसे खोलाको जिरो प्वाइन्टमा दुर्घटना भएको जाजरकोट प्रहरीले जनाएको छ ।

दुर्घटनामा तीन जना घाइते भएको र उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल जाजरकोट पठाइएको प्रहरीले बताएको छ ।

गाडी बिच सडकमा पल्टिएको हो । घटनाबारे थप विवरण आउन बाँकी छ । यस्तै केही बेरअघि जाजरकोटकै कुदुमा फोर्स गाडी दुर्घटनामा १७ जना घाइते भएका छन् ।

Published Date: 11 November 2024




ताजा
भक्तपुरमा ‘हेरिटेज मार्केट–कल्चरल किचेन’ मेला सुरु
सिथि नखःको अवसरमा लोकेश्वर साकोसद्वारा कालदह सरसफाइ
स्काउट दिवस २०८३ को अवसरमा मनोरम स्काउट ट्रुपद्वारा सचेतनामूलक र्‍याली सम्पन्न
प्रकृतिसँग रमाउँदै सिकाइमा सहभागी बने बालबालिका : क्युरिकोट मड फेस्टिभल २०८३ सम्पन्न


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न