अष्ट्रेलिया पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

अष्ट्रेलिया पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ : Icon Khabar

काठमाडौं, कार्तिक २६ । वैदेशिक रोजगारमा अष्ट्रेलिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्सा पर्टेवा सुगौली गाउँपालिका-२ रंगपुर टाडी घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१० बालुवाखानी बस्ने ३४ वर्षीय सुदिपचन्द्र बख्रेल र ललितपुर महानगरपालिका-२ सानेपा बस्ने ३३ वर्षीय सुरज खनाल रहेका छन् ।

उनीहरूले अष्ट्रेलिया पठाइदिन्छु भन्दै पीडितहरूबाट नगद १२ लाख रूपैयाँ लिई सम्पर्क विहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं महानगरपालिका-१ नक्साल गैह्रीधाराबाट पक्राउ गरेको हो । साथै पक्राउ परेका दुवै जना बैंकिङ कसूर एवम् अपराधिक लाभ मुद्दामा समेत संलग्न रहेको अनुसन्धानको क्रममा खुल्न आएको छ । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको छ ।

यसैगरी वैदेशिक रोजगारमा अष्ट्रेलिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा धादिङ त्रिपुरासुन्दरी गाउँपालिका-३ घर भई काठमाडौं महानगरपालिका-३ पानीपोखरी बस्ने ३१ वर्षीय गणेश गुरूङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

गुरूङले अष्ट्रेलिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट नगद ४ लाख रूपैयाँ लिई सम्पर्क विहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-३ पानीपोखरीबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 11 November 2024
Website | + posts
ताजा
भारत र चीनबिचको सम्झौता अस्वीकार्य: गगन थापा
पहिरो खसेर अवरुद्ध भएको धुलिखेल–खावा सडक एकतर्फी संचालनमा
भक्तपुरमा आज पंजारा पर्व मनाइदै, सूर्यमढीबाट सुरू भएको पाँच वटा दीपंकर बुद्धको नगर परिक्रमा जारी
अरनिको राजमार्ग अन्तर्गत धुलिखेल-खावा सडकखण्डमा पहिरो, यातायात पूर्णरूपमा अवरुद्ध


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू