बागलुङमा पिकअप जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु

बागलुङमा पिकअप जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु : Icon Khabar

बागलुङ, कार्तिक २६ । बागलुङमा पिकअप जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । जैमिनी नगरपालिका-८, छिस्तीबाट जिल्ला सदरमुकाम बागलुङको जैमिनी नगरपालिका- ८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग २ च ९२४७ पिकअप जिप ढुङ्गेखानी भन्ने स्थानमा आज बिहान दुर्घटना हुँदा चालकसहित पाँच जनाको मृत्यु भएको हो ।

पिकअप सडकदेखि सात सय मिटरभन्दा तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी केशव थापाले जानकारी दिए । घटनामा मृतकको पहिचान खुलिसकेको छैन ।

पिअकपमा सवार एक जनाको भने जीवितै उद्धार गरिएको उनको भनाइ छ । घटनाको थप विवरण आउन बाँकी रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 11 November 2024
Website | + posts




ताजा
तिहारमा विदेशी फूलमाला ल्याएर बिक्री गरे महानगरले कारवाही गर्ने, स्वदेशी फूल बेच्न काठमाडाैंमा ताेकियाे ३२ स्थान
सुन आयातको सीमा बढ्यो, २० किलोबाट बढेर अब दैनिक २५ किलो ल्याउन पाउने
जेनजी आन्दोलनका क्रममा जलेर नष्ट भएको उत्तरपुस्तिकाको परीक्षा पुनः गर्ने त्रिविको निर्णय
शुक्रबार सुनको भाउ प्रतितोला ४ हजार २ सय रुपैयाँले घट्यो


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित