बागलुङमा पिकअप जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु

बागलुङमा पिकअप जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु : Icon Khabar

बागलुङ, कार्तिक २६ । बागलुङमा पिकअप जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । जैमिनी नगरपालिका-८, छिस्तीबाट जिल्ला सदरमुकाम बागलुङको जैमिनी नगरपालिका- ८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग २ च ९२४७ पिकअप जिप ढुङ्गेखानी भन्ने स्थानमा आज बिहान दुर्घटना हुँदा चालकसहित पाँच जनाको मृत्यु भएको हो ।

पिकअप सडकदेखि सात सय मिटरभन्दा तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी केशव थापाले जानकारी दिए । घटनामा मृतकको पहिचान खुलिसकेको छैन ।

पिअकपमा सवार एक जनाको भने जीवितै उद्धार गरिएको उनको भनाइ छ । घटनाको थप विवरण आउन बाँकी रहेको उनले बताए ।

Published Date: 11 November 2024




ताजा
भक्तपुरमा ‘हेरिटेज मार्केट–कल्चरल किचेन’ मेला सुरु
सिथि नखःको अवसरमा लोकेश्वर साकोसद्वारा कालदह सरसफाइ
स्काउट दिवस २०८३ को अवसरमा मनोरम स्काउट ट्रुपद्वारा सचेतनामूलक र्‍याली सम्पन्न
प्रकृतिसँग रमाउँदै सिकाइमा सहभागी बने बालबालिका : क्युरिकोट मड फेस्टिभल २०८३ सम्पन्न


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न