अमेरिकाको एभरेष्ट फेडेरल क्रेडिट युनियनको ब्रान्ड एम्बेस्डरमा अभिनेत्री सरिता लामिछाने अनुबन्धित

अमेरिकाको एभरेष्ट फेडेरल क्रेडिट युनियनको ब्रान्ड एम्बेस्डरमा अभिनेत्री सरिता लामिछाने अनुबन्धित : Icon Khabar

काठमाडौं, कार्तिक १३ । अभिनेत्री सरिता लामिछाने अमेरिकामा नेपालहरुले स्थापना गरेका एउटा बैंक बित्तिए संस्थाको ब्रान्ड एम्बेस्डरमा अनुबन्धित भएकी छिन् । नेपालीहरुले खोलेको अमेरिकाकै पहिलो नेपाली वित्तिय संस्था एभरेष्ट फेडेरल क्रेडिट युनियन (नेपाली बैंक)को ब्राण्ड एम्बेस्डरमा यी अभिनेत्री अनुबन्धित भएकी हुन् ।

बैंकको तेश्रो वार्षिक साधारण सभाबाट अभिनेत्री सरितालाई अनुबन्धित गरिएको सो बैंकको सञ्चालक समितिले जनाएको छ । संस्थापक अध्यक्ष मोहन ज्ञवाली रहेको एभरेष्ट फेडेरल क्रेडिट युनियनको प्रधान कार्यालय तीन वर्ष अघि अमेरिकाको न्युयोर्कमा स्थापना गरिएको थियो ।

बैंकका वर्तमान अध्यक्ष डा मदन उप्रेतीले नेपाली चलचित्र तथा टेली चलचित्रमा लामो समयदेखि योगदान दिएको र यतिबेला अमेरिकामा रहेकाकारण पनि अभिनेत्री सरिता लामिछानेलाई यो नेपाली बैंकको ब्राण्ड एम्बेस्डरमा नियुक्त गरिएको बताएका छन् ।

न्युयोर्क पछि टेक्सासमा शाखा खोलेर सेवा दिँदै आएको यो बैंकको नयाँ साखा यसै महिना ओहायो र भर्जिनियाँमा खुल्दैछ । यो नयाँ साखाको उद्घाटन सम्पन्न गरेर आफु अमेरिकाबाट नेपाल फर्कने अभिनेत्री लामिछानेले बताएकी छिन् ।

‘अमेरिकामा रहनु भएका नेपालीहरुले यहाँ नेपाली बैंक स्थापना गर्नु आफैंमा खुसीको कुरा हो । सो बैंकको ब्रान्ड एम्बेस्डरको जिम्मेवारी पाउँदा म झनै खुसी भएको छु ।’ सरिताले भनिन्,‘यो बैंकको प्रचार प्रसारमुलक विज्ञापनसहित प्रवर्धनको विभिन्न परियोजनामा म संलग्न रहने छु । मैले ब्रान्ड एम्बेस्डरको रुपमा निर्वाह गर्नुपर्ने भूमिकालाई जिम्मेवारीपूर्वक निभाउने छु ।’

यो बैंकका सिईओ बिराज रिजालले ब्रान्ड एम्बेस्डरमा अभिनेत्री सरिता लामिछाने नियुक्त भएकोमा लामिछानेलाई बधाई ज्ञापन गरेको छन् । लामिछानेको सहयोगले यो बैंकको प्रवर्धनसँगै बित्तिय कारोवार बृद्धिमा अझ धेरै सहयोग पुग्ने विश्वास उनले व्यक्त गरेका छन् । यो बैंकको अन्य राज्यहरुमा पनि शाखा खोल्ने तयारी भईरहेको पनि सिईओ रिजालले बताएका छन् ।

Published Date: 29 October 2024


ताजा
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली
सुनको भाउ बढेको बढ्यै
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
देशभर वर्षाको सम्भावना: बाढी, पहिरो र भूक्षयको जोखिम उच्च रहनसक्ने चेतावनी


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु