साफ फाइनलको टिकट बुधबारबाट मात्रै खुल्ने, अनलाइन बुकिङ रद्द

साफ फाइनलको टिकट बुधबारबाट मात्रै खुल्ने, अनलाइन बुकिङ रद्द : Icon Khabar

काठमाडौं, कार्तिक १३ । साफ महिला च्याम्पियनसिप अन्तर्गत नेपाल र बंगलादेशबीचको फाइनल खेलको टिकट अखिल नेपाल फुटबल संघ (एन्फा) आफैले बुधबारबाट बिक्री गर्ने भएको छ । मंगलबार एन्फाले माउन्ट एभरेस्ट स्पोर्टस एन्ड इभेन्ट्स प्रालिसँगको सम्झौता रद्द गर्दै फाइनल खेलको टिकट आफैंले बिक्री गर्ने जनाएको हो । यसअघि माउन्ट एभरेस्टले टिकट बिक्री गर्दै आएको थियो ।

साफ महिला च्याम्पियनसिपका लागि माउन्ट एभरेस्टले टेन्डरमार्फत ८० लाख रुपैयाँमा टिकट बिक्रीको अधिकार पाएको थियो । एन्फाले नेपाल र बंगलादेशबीचको फाइनल खेलका लागि तीन ठाउँबाट टिकट बिक्री गरिने जनाएको छ । एन्फाका अनुसार भोलि (बुधबार) बिहान ८ बजेदेखि जावलाखेलस्थित खेल मैदान, सातदोबाटोस्थित एन्फा मुख्यालय र भद्रकालीस्थित आर्मी अफिसियल केन्द्रबाट फाइनलको टिकट बिक्री हुनेछ ।

यसअघि अनलाइनमार्फत टिकट लिइसकेकाहरूको पैसा फिर्ता गरिने एन्फाले जनाएको छ । साधारण प्यारापिटतर्फ १० हजार टिकट मात्रै बिक्री गरिने पनि एन्फाले जनाएको छ । एक जनाले भीआईपीतर्फ दुईवटा र साधारण प्यारापिटतर्फ पाँचवटा मात्रै टिकट लिन पाउने छन् ।

नेपाल र भारतबीचको सेमिफाइनल खेलमा दशरथ रंगशालाको क्षमताभन्दा बढी टिकट बिक्री गरेको पाइएपछि एन्फाले माउन्ट एभरेस्टसँगको सम्झौता रद्द गर्दै आफैले टिकट बिक्री गर्ने भएको हो । उक्त खेलमा १५ हजार दर्शक क्षमता रहेको रंगशालामा १८ हजारभन्दा बढी दर्शकलाई प्रवेश दिइएको थियो ।  साफ महिला च्याम्पियनसिपको फाइनल खेल बेलुका साढे ६ बजे त्रिपुरेश्वरको दशरथ रङ्गशालामा शुरू हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 29 October 2024
Website | + posts
ताजा
आमायाङ्ग्री पदयात्रा: हिमालको दृश्यसँगै प्रकृतिको अनुपम सौन्दर्य (फोटो फिचर)
शिक्षण अस्पतालले आगामी माघ १ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रमको उपचार सेवा बन्द गर्ने
बलिउड अभिनेत्री सन्नी लियोनले गरिन् नेपालको प्रशंसा
सोमबार सुनको मूल्य प्रतितोला ४ हजार १ सय रुपैयाँले बढ्यो


ट्रेन्डिङ
भुलाँचा चोक हटाउने तयारीको विरोधमा स्थानीय आन्दोलित
भक्तपुरमा अपेनको तेस्रो नगर अधिवेशन सम्पन्न, अध्यक्षमा किरण गोसाईं
भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा न्यौपाने निर्विरोध
भक्तपूर नगरव्यापी विद्यालयस्तरीय खेलकूद प्रतियोगितामा भक्तपूर मोडर्न स्कूलको उत्कृष्ट प्रदर्शन