साफ फाइनलको टिकट बुधबारबाट मात्रै खुल्ने, अनलाइन बुकिङ रद्द

साफ फाइनलको टिकट बुधबारबाट मात्रै खुल्ने, अनलाइन बुकिङ रद्द : Icon Khabar

काठमाडौं, कार्तिक १३ । साफ महिला च्याम्पियनसिप अन्तर्गत नेपाल र बंगलादेशबीचको फाइनल खेलको टिकट अखिल नेपाल फुटबल संघ (एन्फा) आफैले बुधबारबाट बिक्री गर्ने भएको छ । मंगलबार एन्फाले माउन्ट एभरेस्ट स्पोर्टस एन्ड इभेन्ट्स प्रालिसँगको सम्झौता रद्द गर्दै फाइनल खेलको टिकट आफैंले बिक्री गर्ने जनाएको हो । यसअघि माउन्ट एभरेस्टले टिकट बिक्री गर्दै आएको थियो ।

साफ महिला च्याम्पियनसिपका लागि माउन्ट एभरेस्टले टेन्डरमार्फत ८० लाख रुपैयाँमा टिकट बिक्रीको अधिकार पाएको थियो । एन्फाले नेपाल र बंगलादेशबीचको फाइनल खेलका लागि तीन ठाउँबाट टिकट बिक्री गरिने जनाएको छ । एन्फाका अनुसार भोलि (बुधबार) बिहान ८ बजेदेखि जावलाखेलस्थित खेल मैदान, सातदोबाटोस्थित एन्फा मुख्यालय र भद्रकालीस्थित आर्मी अफिसियल केन्द्रबाट फाइनलको टिकट बिक्री हुनेछ ।

यसअघि अनलाइनमार्फत टिकट लिइसकेकाहरूको पैसा फिर्ता गरिने एन्फाले जनाएको छ । साधारण प्यारापिटतर्फ १० हजार टिकट मात्रै बिक्री गरिने पनि एन्फाले जनाएको छ । एक जनाले भीआईपीतर्फ दुईवटा र साधारण प्यारापिटतर्फ पाँचवटा मात्रै टिकट लिन पाउने छन् ।

नेपाल र भारतबीचको सेमिफाइनल खेलमा दशरथ रंगशालाको क्षमताभन्दा बढी टिकट बिक्री गरेको पाइएपछि एन्फाले माउन्ट एभरेस्टसँगको सम्झौता रद्द गर्दै आफैले टिकट बिक्री गर्ने भएको हो । उक्त खेलमा १५ हजार दर्शक क्षमता रहेको रंगशालामा १८ हजारभन्दा बढी दर्शकलाई प्रवेश दिइएको थियो ।  साफ महिला च्याम्पियनसिपको फाइनल खेल बेलुका साढे ६ बजे त्रिपुरेश्वरको दशरथ रङ्गशालामा शुरू हुनेछ ।

Published Date: 29 October 2024


ताजा
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली
सुनको भाउ बढेको बढ्यै
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
देशभर वर्षाको सम्भावना: बाढी, पहिरो र भूक्षयको जोखिम उच्च रहनसक्ने चेतावनी


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु