महसुल रकम नतिरेकामध्ये ११ वटा उद्योगले बुझाए पहिलो किस्ता

महसुल रकम नतिरेकामध्ये ११ वटा उद्योगले बुझाए पहिलो किस्ता : Icon Khabar

काठमाडौँ, कार्तिक १३ । ट्रंक तथा डेडिकेटेड लाइनको महसुल रकम नतिरेकामध्ये केही उद्योगले किस्तामा तिर्न थालेका छन्।

नेपाल विद्युत प्राधिकरणका उप-कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार आइतबारसम्म ११ वटा उद्योगले पहिलो किस्ता बुझाएका छन्। आइतबार मात्रै तीनवटा उद्योगले पहिलो किस्ता तिरेको उनले बताए। किस्ता बुझाएका उद्योगको नाम भने उनले खुलाएनन्।

प्राधिकरणले विद्युत महसुल बापतको बक्यौता नबुझाएको भन्दै बिहीबार राति ४३ उद्योगको लाइन काटिदिएको थियो। किस्ता बुझाउने उद्योगमा लाइन जोडिएको छ।

Published Date: 28 October 2024