काठमाडौं र ललितपुरबाट जुवातास खेलेको आरोपमा १२ जना पक्राउ

काठमाडौं र ललितपुरबाट जुवातास खेलेको आरोपमा १२ जना पक्राउ : Icon Khabar

काठमाडौं, कार्तिक १२ । काठमाडौं र ललितपुरबाट जुवातास खेलेको आरोपमा १२ जना पक्राउ परेका छन् ।

कीर्तिपुर नगरपालिका-८ पांगा शालिक बस्ने रामकृष्ण महर्जनको घरमा जुवातास खेलिरहेको अवस्थामा राम कृष्ण समेत ५ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९९ हजार ९ सय रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।

त्यसैगरी ललितपुर महानगरपालिका-२६ सुनाकोठी मलिफाँट बस्ने ५० वर्षीया अमृता राईको घरमा जुवातास खेलिरहेको अवस्थामा अमृता समेत ७ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद एक लाख ३० हजार ९ सय २० रूपैयाँ र ९ बुक तास सहित पक्राउ गरेको हो ।

Published Date: 28 October 2024


ताजा
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
विदेश अध्ययनका लागि विद्यार्थीको पहिलो रोजाइ बन्दै आर्गस एजुकेशन भक्तपुर