अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउमा भारी गिरावट

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउमा भारी गिरावट : Icon Khabar

काठमाडौं, कार्तिक १२ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउमा भारी गिरावट आएको छ । सोमबार यो समाचार तयार पार्दै गर्दा (११ बजेर ५३ मिनेट) ब्रेन्ट क्रुड आयलको भाउ ४.५२ प्रतिशतले घटेर ७२.६१ डलरमा झरेको आयल प्राइसले जनाएको छ । यता, क्रुड आयल (डब्लुटीआइ) पनि ४.६८ प्रतिशतले घटेर ६८.४२ डलरमा झरेको छ ।

इजरायलले इरानमाथि गरेको प्रतिशोधात्मक आक्रमणले तेहरानको तेल र आणविक संरचनाहरुलाई असर नगरेपछि मध्यपूर्वमा भू-राजनीतिक तनाव केही कम भएको रोयटर्सले जनाएको छ । यसले विश्व तेल आपूर्तिमा सम्भावित अवरोधहरुको डरलाई कम गरिदिएको छ ।

अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले पनि बजारलाई प्रभाव पार्दै विश्वव्यापी तेल माग वृद्धिमा कम्जोरीको भविष्यवाणी गरेको छ । मुख्यतया चीनबाट आएको मागमा गिरावटका कारण माग घट्ने अपेक्षाले तेलको मूल्यमा थप दबाब सिर्जना गरेको छ । यद्दपि भू-राजनीतिक तनाव कम भएको देखिन्छ, विश्व तेल बजारले अझै पनि मागको अनिश्चितता र आपूर्तिमा थप अवरोधहरुको सम्भावना जस्ता चुनौतीहरुलाई सामना गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
Published Date: 28 October 2024
Website | + posts










ताजा
अन्तर्राष्ट्रिय तेक्वान्दो मास्टर अधिकारीलाई राजदूतद्वारा बिदाई
स्पेन प्रकरण: असम्बन्धित व्यक्तिलाई लैजाने गिरोहबारे छानबिन गर्न सीआईबीले बनायो समिति
चीनको अर्थतन्त्र अपेक्षाभन्दा धेरैले बढ्यो
पहिरोले बिपी राजमार्गका विभिन्न तीन स्थानमा यातायात अवरुद्ध










ट्रेन्डिङ
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट
सल्लाघारीको निकोल्सन कलेज/सेकेण्डरी स्कुलमा नयाँ शैक्षिक सत्रका लागि कक्षा ११ मा भर्ना खुला