अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउमा भारी गिरावट

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउमा भारी गिरावट : Icon Khabar

काठमाडौं, कार्तिक १२ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउमा भारी गिरावट आएको छ । सोमबार यो समाचार तयार पार्दै गर्दा (११ बजेर ५३ मिनेट) ब्रेन्ट क्रुड आयलको भाउ ४.५२ प्रतिशतले घटेर ७२.६१ डलरमा झरेको आयल प्राइसले जनाएको छ । यता, क्रुड आयल (डब्लुटीआइ) पनि ४.६८ प्रतिशतले घटेर ६८.४२ डलरमा झरेको छ ।

इजरायलले इरानमाथि गरेको प्रतिशोधात्मक आक्रमणले तेहरानको तेल र आणविक संरचनाहरुलाई असर नगरेपछि मध्यपूर्वमा भू-राजनीतिक तनाव केही कम भएको रोयटर्सले जनाएको छ । यसले विश्व तेल आपूर्तिमा सम्भावित अवरोधहरुको डरलाई कम गरिदिएको छ ।

अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले पनि बजारलाई प्रभाव पार्दै विश्वव्यापी तेल माग वृद्धिमा कम्जोरीको भविष्यवाणी गरेको छ । मुख्यतया चीनबाट आएको मागमा गिरावटका कारण माग घट्ने अपेक्षाले तेलको मूल्यमा थप दबाब सिर्जना गरेको छ । यद्दपि भू-राजनीतिक तनाव कम भएको देखिन्छ, विश्व तेल बजारले अझै पनि मागको अनिश्चितता र आपूर्तिमा थप अवरोधहरुको सम्भावना जस्ता चुनौतीहरुलाई सामना गरिरहेको छ ।

Published Date: 28 October 2024


ताजा
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
भक्तपुरले गर्ने ‘भक्तपुर कोरा’ किन बन्यो देशकै विशेष साइकल उत्सव ?