पाकिस्तानमा वायु प्रदूषणको स्तर बढ्यो, श्वासप्रश्वासका बिरामीलाइ गम्भीर असर

पाकिस्तानमा वायु प्रदूषणको स्तर बढ्यो, श्वासप्रश्वासका बिरामीलाइ गम्भीर असर : Icon Khabar

कराँची, कात्तिक १२ । पाकिस्तानका एक वरिष्ठ विशेषज्ञले कराँचीमा वायु प्रदूषणको स्तर बढेकामा गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ । उहाँले शुक्रबार आगा खान विश्वविद्यालय (एकेयु) मा आयोजित पत्रकार सम्मेलनमा यस्तो बताउनुभएको पाकिस्तानी पत्रिका ‘द डन’ ले बताएको छ ।

यसले पाकिस्तानको कराँची जिल्लामा मानिसहरूको श्वासप्रश्वासको स्वास्थ्यलाई असर गरिरहेको छ ।

‘द डन’ का अनुसार विज्ञले पाकिस्तानको एक मेगा सिटीमा श्वासप्रश्वासको स्वास्थ्यमा कण प्रदूषणको प्रभाव शीर्षकको अध्ययनको निष्कर्ष साझा गर्नुभयो । कणात्मक पदार्थ (पिएम २.५) ले पाकिस्तानको कराँची जिल्लामा श्वासप्रश्वासमा समस्या निम्त्याइरहेको अध्ययनले देखाएको छ ।

अध्ययनअनुसार कालो कार्बन, सल्फेट, अमोनियम र नाइट्रेटको उच्च मात्राले हावाको गुणस्तर खराब हुने र जनस्वास्थ्यमा असर पार्ने गरेको छ ।

प्राध्यापकले गम्भीर वायु प्रदुषणका कारण अस्पतालमा भर्ना भएका बिरामीको अवस्था नाजुक रहेको उल्लेख गर्नुभएको डनले बताएको छ । श्वासप्रश्वासको समस्यामा भएको वृद्धिले अस्पताल भर्नामा उल्लेखनीय वृद्धि भएको अध्ययनको निष्कर्षले देखाएको छ ।

प्रतिवेदनअनुसार सडक यातायात र उद्योगबाट निस्कने प्रदूषण नै प्रदूषणको प्रमुख कारण हो । खराब हावा गुणस्तरको मुद्दा खराब व्यवस्थापनका कारण हो ।

पिएम २.५ विभिन्न अस्वस्थकर रसायनहरूको मिश्रण हो । यसले अकाल मृत्यु, हृदय रोग, फोक्सोको सङ्क्रमण, दमको आक्रमण र क्रोनिक ब्रोन्काइटिस निम्त्याउन सक्छ । यस्ता अस्वस्थकर कणले सास फेर्दा मानिसको ज्यान जोखिममा पर्न सक्छ । – रासस/एएनआई

Published Date: 28 October 2024


ताजा
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ सुरु, सयौं साइकलयात्रीको सहभागिता