आज सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घट्यो

आज सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घट्यो : Icon Khabar

काठमाडौं, कार्तिक १२ । सुनको भाउ आज उच्च मूल्यबाट तल झरेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ प्रतितोला ४०० रुपैयाँले घटेर १ लाख ६७ हजार रुपैयाँ कायम भएको छ ।

यसअघि आइतबार (कात्तिक ११ गते) छापावाल सुन प्रतितोला १४ सय रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्य १ लाख ६७ हजार ४०० रुपैयाँ कायम भएको थियो ।

यता, आज चाँदीको भाउ पनि घटेको छ । सोमबार चाँदी प्रतितोला २० रुपैयाँले घटेर २ हजार ६५ रुपैयाँ कायम भएको छ । यसअघि आइतबार चाँदीको भाउ प्रतितोला २ हजार ८५ रुपैयाँ कायम भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ७२९.७ डलर र चाँदी प्रतिऔंस ३३.२६ डलरमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 28 October 2024
Website | + posts




ताजा
माइतीघरमा प्रदर्शन गर्न खोजेको आरोपमा पक्राउ पर्नेको संख्या १४ पुग्यो
भारतमा खोकीको औषधि ‘कफ सिरप’मा गम्भीर समस्या
बिहिबारको सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले बढ्यो
बिपी राजमार्गमा एकतर्फी यातायात सञ्चालन गर्ने तयारी


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक