आज सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घट्यो

आज सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घट्यो : Icon Khabar

काठमाडौं, कार्तिक १२ । सुनको भाउ आज उच्च मूल्यबाट तल झरेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ प्रतितोला ४०० रुपैयाँले घटेर १ लाख ६७ हजार रुपैयाँ कायम भएको छ ।

यसअघि आइतबार (कात्तिक ११ गते) छापावाल सुन प्रतितोला १४ सय रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्य १ लाख ६७ हजार ४०० रुपैयाँ कायम भएको थियो ।

यता, आज चाँदीको भाउ पनि घटेको छ । सोमबार चाँदी प्रतितोला २० रुपैयाँले घटेर २ हजार ६५ रुपैयाँ कायम भएको छ । यसअघि आइतबार चाँदीको भाउ प्रतितोला २ हजार ८५ रुपैयाँ कायम भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ७२९.७ डलर र चाँदी प्रतिऔंस ३३.२६ डलरमा कारोबार भइरहेको छ ।

Published Date: 28 October 2024


ताजा
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
विदेश अध्ययनका लागि विद्यार्थीको पहिलो रोजाइ बन्दै आर्गस एजुकेशन भक्तपुर