आजको मौसम पूर्वानुमान: पश्चिमी र स्थानीय वायुको प्रभाव

आजको मौसम पूर्वानुमान: पश्चिमी र स्थानीय वायुको प्रभाव : Icon Khabar

काठमाडौं, कार्तिक १२ । मौसम पूर्वानुमान महाशाखाले आज (सोमबार) देशका पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना रहेको बताएको छ । महाशाखाका अनुसार हाल देशभर पश्चिमी वायुको साथै पहाडी भू–भागमा स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकि भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । साथै देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन / चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै आज राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन / चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

Published Date: 28 October 2024


ताजा
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
विदेश अध्ययनका लागि विद्यार्थीको पहिलो रोजाइ बन्दै आर्गस एजुकेशन भक्तपुर