आइतबार नेप्से परिसूचक ९.१९ अंकले घट्यो

आइतबार नेप्से परिसूचक ९.१९ अंकले घट्यो : Icon Khabar

काठमाडौं, कार्तिक ११ । आइतबार नेप्से परिसूचक ९.१९ विन्दुले घटेर २६१७.९५ अंकमा आएको छ ।

आज ४ अर्ब ७३ करोड रुपैयाँभँन्दा बढीको सेयर कारोबार भएको छ । १३ मध्ये ५ वटा समूहको सूचक बढेका छन् ।

आज ३ सय २० कम्पनीको १ करोड ११ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ३२ करोड ६४ लाख रुपैयाँसहित कारोबार रकममा आइसीएफसी फाइनान्स अग्रस्थानमा आएको छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल एसबीआई बैंक र सीइडीबी हाइड्रोपावर परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 27 October 2024
Website | + posts