नेपाली चलचित्र ‘बेहुली फ्रम मेघौली’ पुनः अमेरिकाका विभिन्न सहरमा प्रदर्शनमा आउने

नेपाली चलचित्र ‘बेहुली फ्रम मेघौली’ पुनः अमेरिकाका विभिन्न सहरमा प्रदर्शनमा आउने : Icon Khabar

काठमाडौं, कार्तिक ११ । अमेरिकामा अत्यधिक मागका कारण नेपाली चलचित्र ‘बेहुली फ्रम मेघौली’ पुनः अमेरिकाका विभिन्न सहरमा प्रदर्शनमा आउने भएको छ।

टेक्ससमा ३० भन्दा बढी शो टाइमहरूसहित शुक्रवारबाट यो चलचित्रको प्रदर्शन सुरु भइसकेको छ, जहाँ दर्शकको उल्लेखनीय चाप देखिएको छ। अब यो चलचित्र कोलोराडो, न्यूह्याम्सायर, बाल्टिमोर, भर्जिनिया, बोस्टन लगायत २० भन्दा बढी राज्यहरूमा पनि प्रदर्शनमा आउने अमेरिकाको लागि यस चलचित्रका वितरक रबिन कार्की ‘रायन रेज’ले बताए। यसअघि अक्टोबर ३ नेपालसँगै मा क्यालिफोर्नियाका थुप्रै थिएटरहरूमा रिलिज भएको यो चलचित्र सो राज्यमा पुनः प्रदर्शन सुरु हुन लागेको कार्कीले जनाए।

सजन काफ्ले र आकाश बरालद्वारा लेखन तथा निर्देशन गरिएको यस चलचित्रमा निश्चल र स्वस्तिमा खड्काका साथमा वसुन्धरा भुसाल, विजय बराल, सिम्रन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिस्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली, र रामबाबु रेग्मी लगायतले अभिनय गरेका छन्।

Published Date: 27 October 2024




ताजा
भक्तपुरमा ‘हेरिटेज मार्केट–कल्चरल किचेन’ मेला सुरु
सिथि नखःको अवसरमा लोकेश्वर साकोसद्वारा कालदह सरसफाइ
स्काउट दिवस २०८३ को अवसरमा मनोरम स्काउट ट्रुपद्वारा सचेतनामूलक र्‍याली सम्पन्न
प्रकृतिसँग रमाउँदै सिकाइमा सहभागी बने बालबालिका : क्युरिकोट मड फेस्टिभल २०८३ सम्पन्न


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न