प्रहरीले लाइसेन्स र ब्लुबुक गैरकानुनी तरिकाले नियन्त्रणमा लिने गरेको भन्दै सर्वोच्चमा रिट

प्रहरीले लाइसेन्स र ब्लुबुक गैरकानुनी तरिकाले नियन्त्रणमा लिने गरेको भन्दै सर्वोच्चमा रिट : Icon Khabar

काठमाडौं, कार्तिक ७ । प्रहरीले सवारी चालक अनुमति पत्र (लाइसेन्स) र सवारी धनी प्रमाणपत्र (ब्लुबुक) गैरकानुनी तरिकाले नियन्त्रणमा लिने गरेको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । निवेदक विवेक चौधरीले गृह मन्त्रालयलाई विपक्षी बनाएर दायर गरेको रिटमा प्रहरीले कानुनी सीमा नाघेको दाबी गरिएको छ ।

रिटमा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ र नियमावली, २०५४ को उल्लङ्घन गर्दै प्रहरीले लाइसेन्स र ब्लुबुक नियन्त्रणमा लिएको उल्लेख छ । कानुनले जरिवाना गर्न सक्ने अधिकार दिए पनि लाइसेन्स वा ब्लुबुक नियन्त्रणमा लिन प्रहरीलाई कुनै अधिकार नदिएको चौधरीले दाबी गरेका छन् ।

निवेदनमा संविधानको धारा १६ र १७ उल्लङ्घन भएको दाबी गरिएको छ । धारा १६ ले ‘सम्मानपूर्वक बाँच्न पाउने हक’ र धारा १७ ले ‘स्वतन्त्रताको हक’ प्रत्याभूत गरेको बताइएको छ । निवेदकले कानुनको शासनको माग गर्दै उक्त कार्यको न्यायिक पुनरावलोकनको माग गरेका छन् ।

रिट १ कात्तिक २०८१ मा पेस गरी ७ कात्तिकमा दर्ता भएको हो । सर्वोच्च अदालतले चौधरीलाई बिहीबारको पेशीमा उपस्थित हुन बोलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 23 October 2024
Website | + posts
ताजा
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
Argus Education Bhaktapur को ३ दिने एक्सपोमा सहभागी हुँदा IELTS र PTE कक्षाहरु निशुल्क
रोपाइँ सकिएसँगै भक्तपुरमा हरियालीको मनमोहक दृश्य


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू